underline

कथा समीक्षाः झिल्केबस्तीका घरहरू

Underline

Share:

‘झिल्केबस्तीका घरहरू’ कथा हामीले माघ महिनामा पढेका थियौँ । यो धेरै रमाइलो कथा हाे । झिल्केबस्तीका घरहरूमा धेरै घरहरू थिए । कुनै घर खपटाले छाएका थिए भने कुनै खरले छाएका घर थिए । जस्ताले छाएको घर पनि थियो । एउटा घर चाहिँ सिमेन्टले बनाएको घर थियो । ती सबै घरहरूका आफ्नै विशेषता पनि थिए । सबै मानिसहरू सिमेन्टले बनेको पक्की घरलाई मन पराउँथे । सिमेन्टले बनेको पक्की घर आकर्षक थियो । त्यसैले सिमेन्टले बनाएको घरको घमन्ड बढेको थियो । ऊ अरु कुनै घरहरूसँग पनि बोल्दैनथ्यो । सबै घरहरूसँग उसको झगडा परेको थियो । एक दिन मान्छेहरू सिमेन्टको घर छोडेर अरूनै घरमा बस्न गए किनकि पल्लो गाउँमा भुकम्प आएको रहेछ “अब सिमेन्टको घरमा बस्न डर हुने भयाे” मानिसहरूले भने, अब भने सिमेन्टको घरको घमन्ड कम भयो । उसले अरू घरहरूसँग माफी माग्यो । अब घरहरू फेरि मिलिजुली बस्न थाले ।

0 reads

Published on 3/16/2022

Image

Mauri Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Mauri Shrestha

Grade 3

Roll No: 31040

9

More Articles from

Student

Underline