मैतिदेवी
मैतिदेवी मन्दिर एक प्रसिद्ध देवीको मन्दिर हो । याे मन्दिर काठमाडाैँ मैतिदेवीमा रहेकाे छ । यो मन्दिरमा निकै भक्तजनहरू आएर दर्शन गर्ने गर्दछन् । मैतिदेवी मन्दिर अगाडि एउटा रुख छ । यो मन्दिरको दाहिनेतर्फ कुण्ड पनि छ । बायातर्फ खेलमैदान र शौचालय छ । मैतिदेवीमा टाढाबाट भक्तजनहरू आएर पूजाआजा गर्दछन् । मैतिदेवीमा दसैँको बेलामा नाै दिनसम्म माताको पूजा गरेर जमरा राख्ने चलन छ । मैतिदेवी मन्दिरलाई अंशुवर्माले बनाएका थिए । हामी सरस्वती पूजाको दिन पनि यस मन्दिरमा गएर आशीर्वाद लिने गर्दछाैँ ।
1 reads
Published on 3/15/2022
Mauri Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Mauri Shrestha
Grade 3
Roll No: 31040
9
More Articles from
Student