underline

तारेभिर पैदल यात्रा

Underline

Share:

तारेभिर पैदल यात्रा

म पदयात्रामा विद्यालयबाट गएकी थिएँ । त्यस दिन म नौ बजे स्कुल पुगेँ । त्यसपछि म मेरा साथीहरू र शिक्षकहरू तारेभिर जानको लागि स्कुलको बसमा चढ्यौँ । करिब एक घण्टापछि तारेभिरको फेदमा पुग्यौँ। त्यसपछि हाम्रो पैदल यात्रा सुरु भयो । पैदल यात्रा गर्दा धेरै उकालो थियो । कतैकतै बलौटे बाटो भेटियो । त्यसमा चिप्लिने डर थियो । म त झन्डै चिप्लिएकी थिएँ । दुई/ तीन घण्टा हिँडेपछि हामी अन्तिम ठाउँमा पुग्यौँ । त्यस ठाउँमा ठुला ठुला ढुङ्गाहरू थिएँ । त्यही ढुङ्गामाथि बसेर आराम गर्‍यौँ । त्यहाँ पुग्दा हामीलाई धेरै भोक र थकाई लागिसकेको थियो । त्यहीँ बसेर आफूले लगेका खानेकुरा खायौँ। केहीबेर आराम गरेर फर्किनको लागि ओरालो झर्‍यौँ । पैदल यात्रा गर्दा विभिन्न किसिमका रुखबिरुवाहरू र चराचुरुङ्गी देख्ने मौका पायौँ । हामी रमाइ रमाइ विद्यालय पुग्यौँ ।

0 reads

Published on 6/25/2026

Image

Tina Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tina Khadka

Grade 4

Roll No: 35049

4

More Articles from

Student

Underline