underline

माघे संक्रान्ति

Underline

Share:

माघे संक्रान्ति

माघ महिनाको पहिलो दिन माघे सङ्क्रान्ति मनाइन्छ । यो हिन्दुहरूले मनाउने चाड हो। यस चाडलाई मकर सङ्क्रान्ति र माघी नामले पनि चिनिन्छ। माघे सङ्क्रान्तिमा पूजा गर्ने र सिदा दान गर्ने पनि चलन छ । माघे सङ्क्रान्तिमा विशेषगरी तिलको लड्डु, घिउ, चाकु, तरुल, सखरखण्ड, पिँडालु, खिचडी आदि खाने चलन छ । मेरो घरमा पनि माघे सङ्क्रान्ति मनाइयाे । मलाई हजुरबुबा र हजुरआमाले टीका लगाइदिनु भयो। हाम्रो घरमा आफन्तहरू पनि आउनुभयो । हामीले तिलको लड्डु, चाकु, तरुल र सखरखण्ड खायौँ । यसरी रमाइलो गरेर माघे सङ्क्रान्ति मनायौँ ।

0 reads

Published on 7/21/2026

Image

Tina Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tina Khadka

Grade 4

Roll No: 35049

4

More Articles from

Student

Underline