underline

मेरो एक दिनको दैनिकी

Underline

Share:

मेरो एक दिनको दैनिकी

मिति २०८३/ १/ ७ गते बिहान म ८ बजे उठेँ । हातमुख धोएँ । मैले दाँत माझेँ । फुपूको घरमा पूजा थियो। हामी पूजाका लागि जानको तयार भयौँ । बुबाले ट्याक्सी बाेलाउनुभयो। ट्याक्सीमा चढेर फुपूको घर गयौँ । फुपूको घर पुग्न ३० मिनेट लाग्यो। हामी कलश बोकेर पूजा कोठामा गयौँ। हामीले म्याट ओछ्यायौँ र एकछिन घाममा बस्यौँ। हामीले खाजामा दही चिउरा खायौँ। त्यसपछि हामी घर फर्कियौँ। म दाँत जँचाउन बुबासँग गएँ। धेरै दाँत दुखेन । त्यसपछि मैले मामुसँग गएर आइसक्रिम खाएँ । चकलेटहरू पनि खाएँ । मैले दिदीसँग मिलेर बोर्ड खेलेँ । हामीले फेरि म्याट ओछ्याएर दाल, भात, तरकारी खायौँ। मैले बेलुका ब्रस गरेँ। मुख धोएँ र बत्ती निभाएर सुतेँ।

1 reads

Published on 7/29/2026

Image

Tina Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Tina Khadka

Grade 4

Roll No: 35049

4

More Articles from

Student

Underline