रुखको महत्त्व
रुखको महत्त्व
रुख र बाेटबिरुवा हाम्रो जीवनको लागि खाना र पानी जस्तै महत्त्वपूर्ण हो । रुखले हामीलाई अक्सिजन दिन्छ। रुखबिना हामी बाँच्न सक्दैनौँ । रुखले हामीलाई फल, तरकारी, काठ, लुगा, कागज र औषधी आदि दिन्छ । रुखले हामीलाई शीतल छहारी पनि दिन्छ। रुख जनावर र चराहरूको घर पनि हो । रुखले पहिरो जस्तो प्राकृतिक प्रकोपबाट बचाउँछ । हामीले रुख काट्नु हुँदैन । रुखबिना हाम्रो जीवन निकै कठिन हुन्छ । किनकि
रुखको बोटले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हामीलाई जीवन दिन्छ । रुख र बिरुवाहरूले हाम्रो लागि हावामा अक्सिजन छाेड्छन् र कार्बनअक्साइड खपत गर्छन् । रुखले हाम्रो वातावरण सफा र सुन्दर बनाउँछ ।
0 reads
Published on 7/14/2026
Adhrit Dahal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Adhrit Dahal
Grade 3
Roll No: 36008
7