मेरो परिवार
मेरो हजुरबुबाको नाम गोपाल दाहाल हो । उहाँले मलाई चकलेट दिनुहुन्छ । उहाँले मलाई माया गर्नुहुन्छ । उहाँले मेरो लागि थरीथरीका फलफूलहरू ल्याइदिनुहुन्छ । उहाँले मलाई राम्रा कुराहरू सिकाउनुहुन्छ । मेरी हजुरआमाले पनि मलाई माया गर्नुहुन्छ । उहाँले मेराे लागि मिठा खानेकुराहरू पकाउनुहुन्छ । मलाई चकलेट पनि दिनुहुन्छ । उहाँले मेरो राम्रो हेरचाह गर्नुहुन्छ। मैले झगडा गर्दा मलाई माया गरेर सम्झाउनुहुन्छ । मेरो बुबाले मलाई माया गर्नुहुन्छ । मलाई गाह्रो पर्दा उहाँले सहयोग गर्नुहुन्छ । मसँग खेलहरू खेल्नुहुन्छ । उहाँले मलाई योग गराउनुहुन्छ । उहाँले मलाई मेरो मन पर्ने मिठाई ल्याइदिनुहुन्छ । उहाँले मलाई राम्रा कुराहरू सिकाउनुहुन्छ । मेरी आमाले मलाई माया गर्नुहुन्छ । मेरी आमाले मलाई गाह्रो काममा सहयोग गर्नुहुन्छ । उहाँले मलाई मेरो पढाइमा मद्दत गर्नुहुन्छ । मैले गल्ती गर्दा मलाई माया गरी सम्झाउनुहुन्छ । उहाँले मलाई घुमाउन लानुहुन्छ । मलाई राम्रा कथाहरू सुनाउनुहुन्छ । मेरो भाइ मसँग खेल्छ । उसले मलाई माया गर्छ । उसले मलाई मेरो काममा सहयोग गर्छ। उसले मसँग आफ्नो खानेकुरा बाँडेर खान्छ । उसले आफ्नो खेलौनाहरू मसँग बाँडेर खेल्छ । ऊ राम्रो छ । मलाई मेरो परिवार धेरै मन पर्छ।
0 reads
Published on 1/26/2026
Adhrit Dahal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Adhrit Dahal
Grade 2
Roll No: 36008
6