underline

पाेखरा र घान्द्रुककाे घुमघाम

Underline

Share:

हामीले पाठ्यपुस्तकमा देशमा भएका महत्त्वपूर्ण ठाउँका बारेमा पढेका हुन्छाैँ । ती महत्त्वपूर्ण ठाउँमा गई प्रतक्ष्य रूपमा अवलाेकन गर्दा हामीले धेरै कुरा सिक्न सक्छाैँ । मैले पनि पाेखरा र घान्द्रुकका बारेमा पढेकाे र सुनेकाे थिएँ । मलाई पनि पाेखरा र घान्द्रुकका महत्त्वपूर्ण ठाउँहरू घुम्न मन लागेकाे थियाे । बुबाआमाले दसैँकाे बिदामा पाेखरा र घान्द्रुक घुम्न जाने सल्लाह गर्नुभएकाे रहेछ । आफूले चाहेकाे ठाउँमा घुम्न जान पाउँदा म निकै उत्साहित भएकाे थिएँ । हामीले तीन दिनकाे यात्रा तय गरेका थियाैँ ।

कार्तिक १० गते हाम्राे यात्रा सुरु भयाे । हामी काठमाडाैँबाट पाेखरा गएर एउटा हाेटलमा बसेका थियाैँ । हामी बिहान ६ बजे उठ्याैँ र फटाफट नित्यकर्म सकायाैँ । सबैभन्दा पहिला हामी बेगनास तालमा गयाैँ । केही समय डुङ्गामा चढेर घुम्याैँ । त्यहीँकै एउटा हाेटेलमा खाना खायाैँ । त्यसपछि हामी बेलुका पाेखराकाे लेकसाइडमा घुम्याैँ । भाेलिपल्ट बिहानकाे सूर्याेदयकाे दृश्य अवलाेकन गर्नकाे लागि हामी त्यहीँ दिन नै सराङकाेटकाे एउटा हाेटलमा गएर बस्याैँ । अर्काे दिन हामी बिहानै उठेर सूर्याेदय सँगै हिमाली दृश्य अवलाेकन गर्न गयाैँ । सूर्याेदयकाे दृश्य अवलाेकन गर्दा निकै आनन्द आयाे । सूर्यकाे किरण हिमालमा पर्दा सुनाैलाे हिमाल पनि अति नै सुन्दर देखिँदाे रहेछ । त्यहाँबाट फर्केर हामी विन्ध्यवासिनी मन्दिर गयाैँ । मन्दिरकाे दर्शन गरिसकेपछि हामीले पाेखरामा भएका विभिन्न गुफाहरू घुम्याैँ । हामीले त्यहीँकाे एउटा हाेटलमा खाना खायाैँ र घान्द्रुककाे यात्रामा निस्कियाैँ ।

मैले घान्द्रुक भन्ने ठाउँकाे बारेमा सुनेकाे मात्र थिएँ । यति सुन्दर ठाउँकाे भ्रमण गर्न पाउँदा म नाकै खुसी थिएँ । बाटाेमा हिमाल, पहाड, झरना, नदी आदि सुन्दर ठाउँकाे अवलाेकन गर्दै करिब ३ घण्टाकाे यात्रामा हामी घान्द्रुक पुग्याैँ । त्यसपछि हामी घान्द्रुकका विभिन्न ठाउँ र बस्तीहरू घुम्याैँ । घान्द्रुक त कति राम्राे ठाउँ रहेछ । एकैनासका घरहरू , नजिकैबाट देखिने हिमाल साह्रै राम्राे ठाउँ । हामी भाेलिपल्ट सबेरै उठ्याैँ र कुस्मातिर लाग्याैँ । कुस्मामा हामीले अग्ला र लामा लामा पुलहरू देख्याैँ । कुस्मा पर्वत जिल्लामा पर्दाे रहेछ । पुलले दुइवटा जिल्लालाइ जाेड्दाे रहेछ । वारि पर्वत पारि बागलुङ । केही समय घुमेर हामी घर फर्कियाैँ । यसरी मेराे पाेखरा र घान्द्रुककाे घुमघाम अत्यन्तै रमणीय बन्याे ।

0 reads

Published on 8/20/2025

Image

Raj Manandhar is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Raj Manandhar

Grade 7

Roll No: 2030029

10

More Articles from

Student

Underline