underline

हाम्रो राष्ट्रिय फूल – लालीगुराँस

Underline

Share:

नेपालको राष्ट्रिय फूल लालीगुराँस हो। यो नेपालको पहाडी क्षेत्रमा धेरै पाइन्छ। वसन्त ऋतुमा लालीगुराँसका राता, गुलाबी र सेता फूलहरू फुल्दा डाँडाकाँडा धेरै सुन्दर देखिन्छन्।

लालीगुराँस नेपालको पहिचान बोकेको फूल हो। यसलाई धेरै मानिसहरूले मन पराउँछन्। विदेशी पर्यटकहरू पनि यसको सुन्दरता हेर्न नेपाल आउँछन्। यस फूलले हाम्रो प्राकृतिक सम्पदाको परिचय दिन्छ।

हामीले लालीगुराँसको संरक्षण गर्नुपर्छ। जथाभावी फूल टिप्नु वा बिरुवा नष्ट गर्नु हुँदैन। वनजंगल जोगाउन सके लालीगुराँस पनि सुरक्षित रहन्छ।

राष्ट्रिय फूलको सम्मान गर्नु सबै नेपालीको कर्तव्य हो। हामीले यसको महत्त्व बुझेर प्रकृतिको संरक्षणमा ध्यान दिनुपर्छ।

1 reads

Published on 9/4/2026

Image

Aamnaya Raj Dhungel is a student of 2033. He is passionate about coding and music and enjoys learning through books and videos. Outside the classroom, Aamnaya loves badminton and is especially skilled at coding . Known for being hardworking, creative and nice, he dreams of becoming a coding programmer one day. A fun fact about him is he can do pen spinning.

Aamnaya Raj Dhungel

Grade 6

Roll No: 33002

8

More Articles from

Student

Underline