underline

जेन-जि आन्दोलन

Underline

Share:

जेन-जि आन्दोलन भनेको मुख्य रूपमा युवा पुस्ताद्वारा प्रेरित आन्दोलन हो, जसले २६ वटा सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध, भ्रष्टाचार, आदि विरुद्धले असन्तुष्टि प्रकट गरेको छ। नेपालमा डिजिटल पहुँच भएका युवा वर्गले आफूलाई शान्तिपूर्ण आन्दोलनमा संलग्न गराए । यो आन्दोलन भदौ २३ गते देखि सुरु भएको थियो। यस आन्दोलनका मुख्य कारणहरू यस प्रकार छन्-

१.सोशल मिडिया प्रतिबन्ध

२.भ्रष्टाचार

३.रोजगारको कमी

यस आन्दोलनका परिणामहरू

जनताको विश्वास र राजनीतिक प्रतिष्ठामा धक्का पुगेको छ। सरकारप्रति असन्तुष्टि र आलोचना व्यापक भयो। सरकारका केही निर्णयहरू पुनर्विचार हुने स्थिति सिर्जना भएको छ।

हाल देशको प्रधानमन्त्री सुशीला कार्की भनेर घोषणा गरिएको छ।

यस आन्दोलनका कारण कयौँ युवाहरूको निधन भयो। कयौँ आमाहरूको काख खालि भएकाे छ। जेन- जि आन्दोलन नेपालका लागि एउटा महत्त्वपूर्ण मोड हो जहाँ युवा पुस्ताले केवल विरोध मात्र गरेनन्, राज्य र समाजका संरचनात्मक समस्याहरूमा पनि चुनौती उठाए। यसले देखायो कि युवा आबादीलाई नजरअन्दाज गरेर शासन, नीति र सामाजिक न्यायको सवालहरू समाधान नहुन सक्छ। यस आन्दोलनले भविष्यका नेताहरू, पार्टीहरू, प्रशासन र नीति निर्माताहरूलाई चेतना जगाएको छ कि यदि युवा शक्ति, डिजिटल युगको आवश्यकताहरू र स्वतन्त्रताको चाहना अस्वीकार भयो भने सामाजिक असन्तोष शान्तिपूर्ण तर शक्तिशाली तरीकाले प्रकट हुन सक्छ।

0 reads

Published on 10/9/2025

Image

Ridika is a student of 2031. She is passionate about mathematics and enjoys learning through hands-on activities and experiments. Outside the classroom,

Ridika Gurung

Grade 7

Roll No: 31024

6

More Articles from

Student

Underline