underline

छाेरी

Underline

Share:

छाेरी हाै तिमी, ठुलाे स्वरले नबाेल

छाेरी हाै तिमी, सबै कुरा नखाेल ।

छाेरी हाै तिमी, यहाँ जाऊ, त्यहाँ नजाऊ

यतिसम्म कि, याे खाऊ त्याे नखाऊ ।

म छाेरी हुँ, सपना छ मेराे पनि

कठाेर वचनले दुख्छ मलाई पनि ।

गाली गर्लान् मलाई अलच्छिनी भनी

रमाउने र खुसी हुने मन छ मेराे पनि ।

काम गर्दा मेराे ढङ्ग नहाेला कति

भइन हुँला आमा तिमीले साेचे जति ।

माया चाहिन्छ मलाई छाेरालाई जति

कर्म गर्छु म पनि मैले सके जति ।

कर्म गर्छु म पनि मैले सके जति ।

0 reads

Published on 6/19/2025

Image

Ridika is a student of 2031. She is passionate about mathematics and enjoys learning through hands-on activities and experiments. Outside the classroom,

Ridika Gurung

Grade 7

Roll No: 31024

6

More Articles from

Student

Underline