underline

प्रकृति संरक्षण

Underline

Share:

प्रकृति भगवानले दिएको अनमोल उपहार हो । हाम्रो चारैतिर फैलिएको हरियाली, सुन्दर फूल, बगिरहेका नदीहरू, उच्च हिमालहरू र विविध जीवजन्तुहरूले गर्दा नै यो संसार सुन्दर भएको हो । तर आज मानिसले आफ्नो स्वार्थ र आवश्यकताको लागि प्रकृतिलाई निर्दयतापूर्वक दोहन गर्दैछ । यसले गर्दा प्रकृतिमा रहेका सन्तुलन बिग्रँदैछन् र विभिन्न प्राकृतिक प्रकोपहरू बढ्दैछन् ।

प्रकृति संरक्षण भनेको यसबाट बच्ने र भविष्यलाई सुरक्षित गर्ने आवश्यक कदम हो । हामी विद्यार्थीहरूले पनि प्रकृतिको रक्षा गर्न सानो तर महत्त्वपूर्ण योगदान दिन सक्छौँ। हामीले आफ्नो घर र विद्यालयको वरिपरि रुख रोप्नुपर्छ । रुखले वातावरणलाई शुद्ध गर्छ र बाढी, पहिरो जस्ता प्रकोपबाट जोगाउँछ। प्लास्टिक जस्ता वस्तुहरूको प्रयोग कम गर्नुपर्छ र खाली ठाउँमा फोहोर फाल्नु हुँदैन । पानीको सिमित मात्रामा प्रयोग गर्ने बानी बसाल्नुपर्छ किनभने पानी बिना जीवन असम्भव छ ।

विद्यालयमा शिक्षकहरूले प्रकृति संरक्षणको महत्त्वबारे सिकाउनुपर्छ र विद्यार्थीहरूलाई वृक्षारोपण तथा फोहोर व्यवस्थापन जस्ता कार्यक्रमहरूमा सहभागी गराउनुपर्छ । सरकारले पनि प्रकृतिलाई क्षति पुर्याउने कामहरूमा रोक लगाउनुपर्छ र रुख कटान नियन्त्रण गर्नुपर्छ ।

हामी सबैले मिलेर प्रकृतिको रक्षा गर्नुपर्छ । प्रकृति नभएको खण्डमा पृथ्वीमा जीवन नै असम्भव हुनेछ । त्यसैले, आउनुहोस्, हामी सबैले प्रण गरौँ कि हामी प्रकृतिको रक्षा गर्नेछौँ र यसको सुन्दरतालाई बनाइराख्नेछौँ। प्रकृति हाम्रो जीवनको आधार हो, यसको संरक्षण हाम्रो कर्तव्य हो ।

0 reads

Published on 9/5/2025

Image

Ridika is a student of 2031. She is passionate about mathematics and enjoys learning through hands-on activities and experiments. Outside the classroom,

Ridika Gurung

Grade 7

Roll No: 31024

6

More Articles from

Student

Underline