underline

जेन - जी आन्दोलनको पार्श्व प्रभाव

Underline

Share:

कुनै पनि राज्य निर्माण हुँदा त्यहाँ विरोध हुन्छ । विरोधको रूपमा आन्दोलनहरू हुन्छन् । त्यसै गरी नेपालको इतिहासमा पनि विभिन्न आन्दोलनहरू भएका छन् । केही आन्दोलन प्रजातन्त्र ल्याउने उद्देश्यले, केही गणतन्त्र र केही न्यायको लागि । जनताहरूको असन्तुष्टिको परिणाम नै आन्दोलन हो । केही आर्थिक सामाजिक राजनीतिक वा कुटनीतिक निर्णयमा असन्तुष्टि जनाउन आन्दोलन गरिन्छ । इतिहासका विभिन्न पलहरूमा जनताहरूमाथि कडा वा निरङ्कुश शासन हुँदा वा जनताहरूको हक अधिकार हनन गरेको अवस्था पनि आएको छ । यसको एक उददाहरण जेन - जी आन्दोलन पनि हो ।

भदौ २३ गते २०८२ मा भएको यस आन्दोलनको मुख्य उद्देश्य नेपालमा भ्रष्टाचार नियन्त्रण गर्ने थियो । टिकटक, इन्स्टाग्राम लगायतका अरू सामाजिक सञ्जालका स्रोतहरूबाट उत्पत्ति भएको यस आन्दोलन खासमा एउटा शान्तिपूर्वक आन्दोलन हुने योजना थियो । तर प्रहरीले रबरको गोली चलाएपछि बानेश्वर लगायतका अरू विभिन्न सरकारी कार्यालयहरू र राजनीतिज्ञहरुका निजी निवास तथा कार्यालयहरूमा तोडफोड भयो । त्यति मात्र होइन झैझगडा, आगलागि आदि पनि गरियो । यही आन्दोलनमा संसद भवन उच्च अदालत, जिल्ला अदालत, प्रहरीविट, सिंहदरबार लगायतका अरू सरकारी कार्यालयहरू जलेर नष्ट भए । साथै सरकारी कार्यालयहरू मात्र होइनन् विभिन्न राजनीतिज्ञहरूसँग सम्बन्धित निजी सम्पत्ति लगायतका भवनहरूमा पनि हमला भयो ।

यस आन्दोलनको मुख्य उद्देश्य सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार नियन्त्रण थियो । सामाजिक सञ्जाल भनेको मानिसहरूको स्वतन्त्रता हो । सामाजिक सञ्जालमा मानिसहरूले आफ्नो विचार र धारणाहरू खुला गरी प्रचार गर्न सक्छन् । यति मात्र होइन सामाजिक सञ्जाल भनेको धेरै मानिसहरूको लागि एउटा मनोरञ्जनको स्रोत पनि हो । मानिसहरूले सामाजिक सञ्जालमा भिडियोहरू अपलोड गर्ने र हेर्ने गर्छन् । त्यसैले यो धेरै मानिसहरूको लागि एउटा पेसा पनि हो । पसलहरूको लागि आफ्नो सामानको विज्ञापन प्रकाशन गर्नको लागि एउटा माध्यम पनि हो । त्यति मात्र होइन सामाजिक सञ्जालबाट धेरै मानिसहरू जोडिन्छन् कल गर्ने होस् वा आफ्नो जीवनको सुखी पलहरु सेयर गर्न । सामाजिक सञ्जालमा सबै गर्न सकिन्छ । आन्दोलन यस्ता सामाजिक सञ्जालहरूबाट उत्पन्न भएको हो भनेर नेपाल सरकारले सामाजिक सञ्जाल प्रतिबन्धित गरिदियो । प्रतिबन्ध गरेको एक हप्ताभित्र नै आन्दोलन सुरु भयो ।

निष्कर्षमा भन्नुपर्दा सम्पूर्ण रूपमा यस आन्दोलनले देशमा धेरै परिवर्तन ल्याएको छ । यस आन्दोलनले नेपाल सरकारमाथि धेरै दबाब पारेको छ । भने अन्तर्राष्ट्रिय स्तरमा पनि यसको धेरै चर्चा भइरहेको छ । आन्दोलनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पद त्याग गरे। त्यसपछि नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्नको लागि भोटिङ प्रणालीबाट गरिएन । नयाँ प्रधानमन्त्रीको नियुक्ति डिस्कोर्डबाट गरियो । डिस्कोर्ड एउटा सामाजिक सञ्जाल हो । यस आन्दोलनको पार्श्व प्रभावको रूपमा विश्वको पहिलो पटक सामाजिक सञ्जालबाट देशको प्रधानमन्त्रीको नियुक्ति भएको पाइन्छ ।

0 reads

Published on 10/30/2025

Image

Diamond Acharya is a student in Deerwalk Sifal School. Who likes to read and write poetry, plays, satarical essays.

Diamond Acharya

Grade 10

Roll No: 27098

7

More Articles from

Student

Underline