प्रकृतिसँगकाे सामिप्य
सुन्दर प्रकृतिलाई नियाल्छु
प्रकृतिले मसँग बोलेको जस्तो महसुस गर्छु
कहिलेकाहीँ प्रकृतिले मलाई केही भन्न चाहेको कल्पना गर्छु
केही आह्वान गरेकाे महसुस गर्छु
किनकि म प्रकृतिकाे सन्तान हुँ ।
म पोखरीको पानीमा डुब्छु
म नदीको बहावमा बगेको महसुस गर्छु
म झरीको पानीले रुझ्छु
ती साना साना कमिलाले मसँग बोलेको महसुस गर्छु
ती आकाशमा उडेका चराचुरुङ्गीसँग उडेकाे महसुस गर्छु
ती झरेका पातहरूसँग संवाद गर्छु ।
कहिलेकाहीँ बादल गर्जिँदा मेरो मन आत्तिन्छ
तिनै कालो बादलका बुट्टाहरूसँग आकाशमा उडेका कल्पनामा हराउँछु ।
कहिलेकाहीँ त्यो अन्धकारमा हराएको महसुस गर्छु
त्यो नीलो आकाशकाे शून्यतामा डुबिरहन्छु
ती हरिया पहाडले मसँग रमाएको महसुस गर्छु
ती सेता सेता हिमालले मलाई सताएको महसुस गर्छु
के हो यो अचम्म!
प्रकृतिले मलाई केही भन्न चाहेको महसुस गर्छु।
किनकि म प्रकृतिकाे सन्तान हुँ ।
0 reads
Published on 11/28/2025
Diamond Acharya is a student in Deerwalk Sifal School. Who likes to read and write poetry, plays, satarical essays.
Diamond Acharya
Grade 11
Roll No: 27098
7
More Articles from
Student