सहयाेगी भावना
एउटा सहरमा आषिका नाम गरेकी केटी हुन्छे । उनकाे परिवार साधारण थियाे । एकदिन उनले एकजना गरिब व्यक्ति देखिन् । आषिकालाई सहयाेग गथर्न मन थियाे तर उनीसँग केही पनि थिएन । उनी सरासर विद्यालय गइन् । उनले विद्यालयमा सामाजिक विषयमा गरिबलाई सहयाेग गर्नुपर्छ भन्ने कुरा पढेकी थिइन् । घर पुगेर उनले आफ्नी आमालाई सुनाइन् । आषिकाका बुबाआमाले भने उनकाे गरिबलाई सहयाेग गर्ने कुरा स्वीकार गरेनन् । आषिकालाई धेरै दुःख लाग्याे । अर्काे दिन पनि उनले अनेकाैँ जुक्ति लाएर सम्झाइन् । त्यसपछि आषिकाका बुबाआमाले आषिकाकाे कुरालाई मान्नुभयाे । आषिका खुसी भइन् । त्यस दिनदेखि उनका बुबा आमाले पनि सहयाेग गर्न थाले । समय बित्दै थियाे । आषिकाले काम गर्न थालिन् र पैसा पनि कमाइएन् । उनले गरिबहरूका लागि विद्यालय खाेलिन् । जसले गर्दा गरिबका छाेराछाेरीले पनि सहज रुपमा शिक्षा हासिल गर्न पाउने भए । उनकाे काम देखेर आमाबुबा पनि असाध्यै खुसी भए ।
0 reads
Published on 9/5/2025
Aarya likes playing outdoor games and loves exploring new places. She likes spending her time listening to music and reading stories.
Aarya Regmi
Grade 5
Roll No: 33052
3
More Articles from
Student