माेबाइलकाे लत
माेबाइलकाे लत
माेबाइलफाेनकाे अत्यधिक मात्रामा प्रयाेग गर्ने बानीलाई माेबाइलकाे लत भनिन्छ । माेबाइल आवश्यक मात्रामा मात्र प्रयाेग गर्न ठिक हुन्छ । आवश्यकभन्दा बढी माेबाइल हेरेमा आँखा कमजाेर हुन सक्छ । माेबाइल धेरै हेरेमा दिमागमा पनि असर पर्न सक्छ । माेबाइल मात्र नभएर ल्यापटप,टेलिभिजन आदि पनि आवश्यकभन्दा बढी चलायाैँ भने नराम्राे असर पर्न सक्छ । माेबाइल हेर्नुकाे सट्टा हामीले पढ्ने, खेल्ने गरेमा हाम्राे शरीर स्वस्थ्य हुन्छ । माेबाइल धेरै हेरेमा निद्रा नलाग्ने र पढाइमा ध्यान जान नसक्ने समस्या पनि हुन सक्छ । माेबाइल बढी हेरेमा दिमागमा भएका कुराहरू चाँडाे बिर्सन सक्ने समस्या हुन्छ । माेबाइलकाे लत बस्नाले हामीले धेरै समस्याहरू भाेग्नु पर्ने हुन्छ ।
1 reads
Published on 3/17/2026
Aarya likes playing outdoor games and loves exploring new places. She likes spending her time listening to music and reading stories.
Aarya Regmi
Grade 5
Roll No: 33052
4
More Articles from
Student