underline

पढाइ र खेलकुद

Underline

Share:

पढाइ र खेलकुद

हाम्राे जीवनमा धेरै कुराकाे महत्त्व हुन्छ । तीमध्ये पढाइ र खेलकुद पनि हाम्राे जीवनमा महत्त्वपूर्ण छ । पढाइ र खेलकुदले हाम्राे दिमाग र शरीरलाई बलियाे बनाउँछ । पढ्नाले हामी धेरै कुरा सिक्छाैँ । पढेर नै हामीले नयाँ नयाँ शब्दहरू थाहा पाउँछाैँ । पुस्तक पढ्याैँ भने हामीमा साेच्ने क्षमताकाे विकास हुन्छ । पढाइ मात्र हाेइन हामीले खेलकुदमा पनि ध्यान दिन जरुरी छ । मलाई मन पर्ने खेल बास्केटबल हाे । याे खेलले शरीरलाई स्वास्थ्य बनाउँछ । खेल्दा साथीहरूसँग खेल्नु पर्छ । साथीहरूसँग खेल्दा समूहमा काम गर्ने क्षमताकाे विकास हुन्छ । खेल खेल्दा पनि अनुशासन चाहिन्छ । खेलकुदका माध्यमबाट हामीले आफ्नाे देशलाई विश्वमा चिनाउन सकछाैँ । खेलकुदले हामीलाई तनावमुक्त बनाउँछ ।

1 reads

Published on 2/27/2026

Image

Aarya likes playing outdoor games and loves exploring new places. She likes spending her time listening to music and reading stories.

Aarya Regmi

Grade 5

Roll No: 33052

3

More Articles from

Student

Underline