हाम्रा चाडपर्व
हाम्रा चाडपर्व
नेपाल एउटा सुन्दर देश हाे । याे देश आफ्नाे संस्कृतिका लागि पनि चिनिने देश हाे । नेपाल एउटा यस्ताे देश हाे, जहाँ फरक फरक भाषा, धर्म र संस्कृतिका मानिस बस्छन् ।
विभिन्न भाषा धर्म र संस्कृतिका मानिसहरू बसेकाे हुनाले नेपाल एउटा रङ्गिन देश भएकाे छ । नेपालमा सबैले एक अर्काका धर्म, भाषा, संस्कृतिलाई भरिपूर्णरूपमा सम्मान गरिन्छ ।नेपालमा मानिसले विभिन्न प्रकारका चाडपर्वहरू पनि मनाउँछन् । जस्तैः दसैँ, तिहार, तिज,हाेली, ल्हाेसार, घाेडेजात्रा, गाईजात्रा, क्रिसमस, इद, इस्टर, कृष्ण जन्माष्टमी, बुद्धजयन्ति आदि । समाजमा बस्ने मानिसका लागि संस्कृति एउटा महत्वपूर्ण कुरा हाे ।यसबाट मानिस मानिसिबच सद्भाव, दया, माया, आदर र सम्मानकाे भावना विस्तार हुँदै जान्छ । यहाँ विभिन्न धर्मका मानिसहरू पनि बस्छन् । जस्तैः बुद्ध, इसाई, मुस्लिम आदि । संस्कृतिले मानिसहरूकाे कला साहित्यमा सम्मान र गाैरव ल्याउँछ । हामीले आफ्नाे संस्कृतिकाे गर्व गर्नुपर्छ र अरूकाे भाषा, धर्म र संस्कृतिकाे पनि सम्मान गर्नुपर्छ किनकि समाजमा संस्कृतिले सकारात्मक परिवर्तन ल्याउँछ ।
2 reads
Published on 8/31/2026
Arina Sonar is a student of 2032. She is passionate about Maths and Chinese language and enjoys learning through games and activities . Outside the classroom, Arina loves UIPM (Athletics)and is especially skilled at Laser gun shooting, fencing and Running. Known for being confident, helpful, and multitalented, she dreams of becoming an Athlete and gain a fame through winning Gold Medal in Olympics for Nepal one day. A fun fact about her: She can speak 7 languages.
Arina Sonar
Grade 7
Roll No: 32065
7
More Articles from
Student