underline

बिर्सिएकाे समय

Underline

Share:

बिर्सिएकाे समय

रिया सानो हुँदा बुबाको पछि पछि हिँड्थिन् । बुबाको काख उसलाई सबैभन्दा सुरक्षित ठाउँ लाग्थ्यो। बुबा बिहानै उठेर काममा जान्थे र राति ढिलो फर्किन्थे। थाकेको शरीर भए पनि छोरीका लागि समय निकाल्थे । हात समातेर बाटो कटाइदिन्थे, बेलुका कथा सुनाउँथे, निधारमा माया गरेर सुताउँथे ।

समय बित्दै गयो । समयसँगै रिया ठुली हुँदै गइन् । खर्च बढ्यो, चाहना बढ्यो, सपना बढ्याे । राम्रो विद्यालय, मोबाइल, नयाँ कपडा सबैका लागि बुबाले थप काम गर्न थाले । चाडपर्वमा पनि काम, बिदामा पनि काम । सबै रियाको भविष्यका लागि ।

तर रिया परिवर्तन हुँदै गइन् । उनी मोबाइलमै हराउन थालिन् र बुबासँग कुरा गर्न छोडिन् । बिहान खाना खाँदा दुवै मौन हुन्थे । “म जान्छु ।” “हुन्छ।” बस् त्यत्ति । राति बुबा घर फर्किंदा रिया आफ्नो कोठामा हुन्थिन् । ढोका बन्द हुन्थ्यो, फोन चलाइरहेकी हुन्थिन् ।

एक दिन साँझ, सानो कुरामा झगडा भयो । रियाले रिसाएर भनिन्, “तपाईंलाई सधैँ काम मात्र चाहिन्छ । तपाईंलाई मेरो लागि कहिल्यै समय हुँदैन ।” बुबा केही बेर चुप लागे । फेरि बिस्तारै भने, “म जे गरिरहेको छु, सबै तिम्रै लागि हो ।” तर रियाले सुन्न चाहिनन्। “त्यो बहाना मात्र हो ।” यति भनेर उनी आफ्नो कोठामा ढोका ठोक्दै गइन् ।

घर शान्त भयो । बुबा बैठक कोठामा कुर्सीमा बसिरहे । कोठा खाली, घर सुनसान । धेरै बेरसम्म केही बोलेनन् । उनलाई याद भयो सानी रियाले हाँस्दा घर कति रमाइलो हुन्थ्यो । अब त्यस्तो हाँसो थिएन ।

त्यो वेलामा आमाले अर्को कोठाबाट हल्का स्वरमा भन्नुभयो, “पहिले कति हाँसिली थिइन् । अब कति टाढा भइछिन्।” तर बुबा चुपचाप बसिरहे, आफ्नै पीडामा डुबेर ।

रियाले ढोकाको सानो प्वालबाट बुबा एक्लै बसिरहेको देखिन् । उनको मन भित्रबाट काँप्यो । पहिलो पटक उनलाई थाहा भयो, बुबा कहिल्यै कडा थिएनन् । उनी थाकेका थिए, एक्ला थिए र सधैँ माया खोजिरहेका थिए ।

रियाले बिस्तारै ढोका खोलिन् र बुबाको नजिक गईन् । बुबाले आँखा नजुदाउँदै छोरीको टाउकोमा हात राखे । केही बेर दुवै चुपचाप बसिरहे। रियाले निस्तब्ध स्वरमा भनिन्, “माफ गर्नुहोस्, बुबा । मैले तपाईंलाई कहिल्यै बुझिनँ । मैले तपाईंलाई धन्यवाद पनि भन्न कहिल्यै भुलेकी छु।”

बुबाले केही बोलेनन् तर केही क्षणपछि मुस्कुराए । उनका आँखा भिजेका थिए । रियाले महसुस गरिन्, जीवनका सबै कुरा महत्त्वपूर्ण भए पनि, उनका लागि सबैभन्दा ठुलो मूल्य उनी मात्र थिइन् ।

पहिलो पटक रियाले बुझिन्, बुबाको माया र सङ्घर्ष कहिल्यै सामान्य थिएनन् । उनको आँखामा भएको पीडा देख्दा रियाले महसुस गरिन्, बुबाले जे गरे, सबै उसकै भलाइका लागि थियो । रियाले पनि बुझिन् कि परिवारको माया र समयको महत्त्व बुझ्नु जीवनभरको लागि आवश्यक छ ।

9 reads

Published on 2/23/2026

Image

Rushka Sapkota is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Rushka Sapkota

Grade 9

Roll No: 29028

10

More Articles from

Student

Underline