मेरो पहिलो पदयात्रा
मेरो पहिलो पदयात्रा
मेरो पहिलो पदयात्रा विद्यालयबाट सूर्यविनायकदेखि गुण्डुसम्म थियो । सहपाठी साथीहरूका साथै विद्या गुरुआमा र सिन्धु गुरुआमा जाने हुँदा म धेरै उत्साहित थिएँ । बिहान विद्यालयमा पुगेपछि झोला तयार गर्याैँ । आमाले घरबाट पठाइदिनु भएको खाजा पनि झोलामा राख्यौँ । खाना खाएर करिब १०ः ०५ बजे बसतर्फ लाग्यौँ । बसमा गाउँदै रमाउँदै सूर्यविनायक पुग्याैँ । त्यहाँबाट हामी कुरा गर्दै रमाउँदै हिँड्न थाल्यौँ । त्यहाँ वरपरको हरियाली पहाड, उकाला र ओराला डाँडाहरू निकै सुन्दर थिए । गुरुआमाले हाम्रो सुन्दर तस्बिरहरू पनि खिच्दै हुनुहुन्थ्यो । करिब एक घण्टा हिँडेपछि गुण्डु पुग्यौँ । लामो समयको हिँडाइपछि हामी एकछिन आराम गरेर साथीहरू र गुरुआमासँग मिलेर खाजा खायौँ । करिब २ बजे हामी विद्यालय फर्कियौँ । अलि थाकेको भएपनि मेरो पहिलो पदयात्राको अनुभव धेरै सुन्दर र रमाइलो रह्याे ।
7 reads
Published on 3/20/2026
Isanvi is a student of 2036. She is passionate about mathematics and English and enjoys learning through fun activities as well as videos. Outside the classroom, she loves playing different games and reading storybooks and is especially skilled at dance and drama. Known for being curious, caring, and friendly, she dreams of becoming a doctor one day. A fun fact about her, she can quickly learn new things.
Ishanvi Singh
Grade 2
Roll No: 36042
6