मेरो देश
मेरो देश निलो आकाश
चन्द्र र सूर्यको प्रकाश
मिली तराई पहाड हिमाल
बनेको छ सुन्दर देश नेपाल
माटो ढुङ्गा नदीनाला छन् यहाँ
प्रकृति र संस्कृतिले भरिएको छ जहाँ
शान्ति र प्रेम सद्भाव हाम्रो
सबैले भन्छन् मेरो नेपाल राम्रो
विश्वको अग्लो हिमाल सगरमाथा
जन्माको बुद्धले शान्तिको गाथा
आज संसारभर फैलिएको छ
सानो छ तर गाथाले भरिएको छ
गर्व गर्छु म नेपाली भएकोमा
जहाँ गएपनि सम्झिनेछु मनमा
चिनाउनेछु माटो मेरो देशको
म मरेर गए पनि रहिरहोस् माटो मेरो देशको ॥
2 reads
Published on 2/3/2026
Isanvi is a student of 2036. She is passionate about mathematics and English and enjoys learning through fun activities as well as videos. Outside the classroom, she loves playing different games and reading storybooks and is especially skilled at dance and drama. Known for being curious, caring, and friendly, she dreams of becoming a doctor one day. A fun fact about her, she can quickly learn new things.
Ishanvi Singh
Grade 2
Roll No: 36042
3
More Articles from
Student