underline

परिवारमा सहयाेग

Underline

Share:

परिवार हाम्रो जीवनको पहिलो विद्यालय हो जसले हामीलाई माया, सम्मान, सहयोग र संस्कार दिएर असल व्यक्ति बन्न सिकाउँछ । परिवारले हामीलाई सुरक्षा दिनुका साथै सुखदुःखमा साथ दिन्छ । परिवार हाम्रो जीवनको आधार हो । मलाई मेरो परिवार सबैभन्दा प्यारो लाग्छ । मेरो परिवारमा हजुरबुबा, हजुरआमा लगायत ६ जना सदस्यहरू हुनुहुन्छ । हामी सबै मिलीजुली एकअर्कालाई सहयोग गर्छौं । म मेरो परिवारलाई ससाना काममा सहयोग गर्दै काम गर्न पनि सिक्छु । कहिलेकाहीँ गमलामा फूल रोप्न सघाउँछु । यसरी घरमा फूल लगाउँदा घर सुन्दर देखिन्छ र वातावरण पनि हरियाली राख्न मद्दत पुग्छ । हजुरआमा र आमाले कौसीबारीमा धेरै फूल र बिरुवाहरू लगाउनुभएको छ । म कहिलेकाहीँ विद्यालय बिदा हुँदा फूलमा पानी हाल्न सहयोग गर्छु। मलाई फूलमा पानी हाल्दा रमाइलो लाग्छ । यसले हामीलाई प्रकृतिप्रति माया र जिम्मेवारीको भावना विकास गराउँछ । आमासँगै मलाई लुगा सुकाउन मन पर्छ । म आमासँग छतमा लुगा सुकाउन जान्छु। यस्तो काम गरेको देख्दा आमा धेरै खुसी हुनुहुन्छ। अझ आमा घरमा नहुँदा पानी पर्न लागेमा दाइ र म मिलेर लुगा पनि उठाउँछाैँ । दाइ र म विद्यालय बिदाको दिनमा घर सफा गर्न आमालाई सहयोग गर्छौं। घर सरसफाइ गर्दा हामी स्वस्थ र निरोगी हुनुका साथै घर पनि सफा र सुन्दर देखिन्छ। यसरी म मेरो परिवारलाई सहयोग गर्छु । यस्ता सरल कामले हामीलाई कामको महत्त्व सिकाउँछ । यसरी काम गर्दा हाम्रो आपसी सम्बन्ध बलियो हुनुको साथै सहयोगी भावनाको विकास हुन्छ।

4 reads

Published on 1/20/2026

Image

Isanvi is a student of 2036. She is passionate about mathematics and English and enjoys learning through fun activities as well as videos. Outside the classroom, she loves playing different games and reading storybooks and is especially skilled at dance and drama. Known for being curious, caring, and friendly, she dreams of becoming a doctor one day. A fun fact about her, she can quickly learn new things.

Ishanvi Singh

Grade 2

Roll No: 36042

3

More Articles from

Student

Underline