underline

राष्ट्रिय जनावर गाई

Underline

Share:

हाम्रो देश नेपालको राष्ट्रिय जनावर गाई हाे । गाई घरपालुवा जनावर हो । गाई बस्ने ठाउँलाई गोठ भनिन्छ । गाईले घाँस, पराल, भुस्सा आदि खान्छ । गाईका चारवटा खुट्टा हुन्छन् । यसका  दुईवटा  सिङ  र आँखा हुन्छन् । यसको एउटा लामो पुच्छर हुन्छ । गाईका बच्चालाई बाच्छाबाच्छी भनिन्छ । गाईले आफ्ना बच्चालाई चाट्छन् र दूध चुसाउँछन् । गाईले हामीलाई दूध दिन्छ । दूध हामीले दैनिक सेवन गर्दा पौष्टिक तत्व पाउँछाैँ र हाम्राे शरीरलाइ फाइदा हुन्छ । दूधले हाम्रो स्वास्थ्यमा धेरै फाइदा पुर्‍याउँछ । हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्ने गर्छन् । नेपालमा तिहारमा लक्ष्मी पूजाका दिन गाईको पनि पूजा गरिन्छ । गाईलाई गाैमाता पनि भनिन्छ ।

0 reads

Published on 1/22/2021

Image

Pasang Doma Sherpa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pasang Doma Sherpa

Grade 3

Roll No: 2029022

6

More Articles from

Student

Underline