underline

मेरो देश

Underline

Share:

नेपाली आमाकी सन्तान म

यो देश नेपालकी भविष्य म

यी नदी र तालकी छोरी म

यी हिमालकी पुत्री म

युवती हुँ म यो देशको

तर तँ वरिष्ठ मान्छे रे यो देशको

भन् तैँले के गर्या छस् यो राष्ट्रको लागि

केही सङ्कट आए तँ विदेश भाग्छस्

लाज केही छैन र तँलाई ?

तँ झुट बोल्छस् ,म सोच्छु सधैँ सबैको भलाइ

तेरो त्यो ठुलो भुँडी पैसाले भरेको

मतलब छैन तँलाई सपुत ती मरेको ?

तर पख् तँलाई ध्वस्त पार्छौँ हामी

पख् तँलाई सखाप पार्छौँ हामी

नेपाल आमाका छोरा र छोरी

0 reads

Published on 11/25/2025

Image

Pasang Doma Sherpa is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Pasang Doma Sherpa

Grade 8

Roll No: 2029022

6

More Articles from

Student

Underline