underline

फूलहरूको साउती

Underline

Share:

फूलहरूको साउती

फूलहरूको साउती पुस्तक श्रीश भण्डारीले लेख्नुभएको हो। यो कथाको चित्र देव कोइमीले बनाउनुभएको हो । यस कथाको मुख्य पात्रहरू आर्या र बगैँचामा फुलेका फूलहरू हुन् । यस कथामा आर्या आफ्नो घरमा भएका फूलदानी सजाउनका लागि बगैँचामा फूलहरू टिप्नको लागि जान्छिन् । आर्या आएको देखेर सबै फूलहरू डराउँछन् र दुःखी हुन्छन् । उनीहरू सबैले आ-आफ्ना दुःखहरू भन्छन् । आर्याले लालुपाते फूल टिप्न खोज्छिन् तर उनको हातमा चोपैचोप लाग्छ । त्यसपछि उनी गुलाबको फूल टिप्न जाँदा काँडाले घोचेर रगत आउँछ । उनले फूलहरू आफूसँग रिसाएका छन् कि भनेर सोच्छिन् । आर्या त्यहाँबाट भुइँमा खसेका फूलहरू टिपेर जान्छिन् । यो कथामा फूलहरूलाई टिप्नु हुँदैन ।भुइँमा झरेका फूल टिप्नुपर्छ । फूलहरूलाई टिप्यो भने आफूलाई पनि चोट लाग्न सक्छ भन्ने सन्देश दिएको छ।

1 reads

Published on 9/16/2026

Image

Aayansh Bista is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aayansh Bista

Grade 4

Roll No: 35001

6

More Articles from

Student

Underline