म र मेरो परिवार
म र मेरो परिवार
म मेरो परिवारसँग घुम्न जान्छु । हामी धेरै जस्तो शनिबार घुम्न जान्छौं। हामी दसैँको समयमा नगरकोट गएका थियौँ । म मेरो परिवारसँग किनमेल गर्न जान्छु । म कहिलेकाहीँ भाटभटेनी जान्छु । कहिलेकाहीँ आइसक्रिम पनि खान्छु । मलाई किनमेल गर्न एकदमै मन पर्छ। मलाई खेलौना र लुगा किन्न मन पर्छ । म मेरो परिवारसँग बसेर टिभी हेर्छु । हामी सबैजना समाचार हेर्छौं। मेरी बहिनी कार्टुन हेर्छे । मेरो बाबाले खेलकुद हेर्नुहुन्छ । हामी मिलेर खाना खान्छौँ । खाना खाँदै हामी मिठा मिठा गफ पनि गर्छौं । हामी कहिलेकाहीँ घरमा सबैजना मिलेर मःम पकाएर पनि खान्छाैँ । मलाई मःम खान मन पर्छ। म मेरो परिवारसँग मिलेर खेल्छु। म मेरो दाइसँग खेल्छु । मलाई लुकामारी खेल्न मन पर्छ । मलाई मेरो बाबासँग क्यारमबाेर्ड खेल्न मन पर्छ ।
0 reads
Published on 2/20/2026
Shaivi Ojha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shaivi Ojha
Grade 2
Roll No: 36031
6