पदयात्रा
पदयात्रा
हाम्रो विद्यालयबाट २०८२ साल पौष १८ गते पदयात्रामा जाने योजना बनाइएको थियो। त्यसैले म त्यस दिन बिहान सबेरै उठेर हातमुख धोएर हिँड्न सजिलो हुने लुगा लगाएर तयार भएँ। शरीरमा तागत होस् भनेर मैले खाजामा सातु खाएँ। साथै बाटोमा खानका लागि स्वस्थ खाजा पनि साथमा राखेँ। केही समयपछि मेरो बस आयो र म विद्यालय गएँ। विद्यालयमा पुगेपछि थाहा भयो कि हामी सूर्यविनायक देखि गुण्डु प्लेनक्र्यास सम्म पदयात्रा जाने रहेछौँ। हामीले पहिले खाजा खायौँ अनि बसमा चढेर त्यहाँ पुग्यौँ। त्यसपछि हामी हिँड्न थाल्यौँ। बाटोभरि हामीले रमाइला दृश्यहरू हेर्यौँ, बिचबिचमा फोटो खिच्यौँ र केही समय बसेर खाजा पनि खायौँ। पदयात्रा सकेपछि बस आयो र हामी फेरि विद्यालय फर्कियौँ। त्यो दिनको यात्रा धेरै रमाइलो, उत्साहजनक र सम्झनलायक भयो।
1 reads
Published on 8/25/2026
Shaivi Ojha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Shaivi Ojha
Grade 3
Roll No: 36031
7