मेरो पदयात्रा
हामी पौष ७ गते शुक्रबार दिनको दिन विद्यालयबाट पदयात्राको लागि गयौँ । हामी विद्यालयको बस चढेर गोकर्णतिर लाग्यौँ। मेरा कक्षाका सबै साथीहरू तथा शिक्षकहरू बसमा रमाइलो गर्दै गयौँ । गोकर्णबाट तारेभिरसम्म हिँड्यौँ । हामीले बाटोमा विभिन्न रुख तथा धेरै बोटबिरुवाहरू देख्यौँ । पदयात्रामा हामीले पानी पनि पियौँ। थकाइ लाग्दाखेरि हामी एकछिन बसेर पुनः हिँड्ने गर्याैँ । हामीले दिउँसो आफूले घरबाट ल्याएका मिठा मिठा खानेकुराहरू पनि खायौँ । हामी सबैले फोटो पनि खिच्यौँ । पदयात्रा सकेपछि हामी बस चढेर फेरि विद्यालयतर्फ लाग्यौँ । मलाई धेरै थकाइ लागेको हुनाले म बसमा सुतेँ । मेरा साथीहरू थकाइ लागेको हुनाले बसमा सुत्दै विद्यालय पुगेँ ।
0 reads
Published on 9/1/2026
Saaranya Khadka is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saaranya Khadka
Grade 4
Roll No: 35021
6