underline

पुस्तक समीक्षा

Underline

Share:

पुस्तक समीक्षा

पुस्तकको नाम: अपरिचित अनहुार

पुस्तक कथाकार : महेश पौड्याल

पुस्तकको विधा : लघुकथा

प्रकाशक : शब्दार्थ प्रकाशन , काठमाडौ नेपाल

संस्करण : २०८१ भाद्र , प्रथम

ले आउट: विकुश

अविश्रान्त लघुकथा सङ्ग्रह पढेपछि …

लेखक र पुस्तक परिचय

नेपाली लघुकथा लेखनका क्षेत्रमा लागिपरेका विभिन्न लेखकहरूमध्ये डा. कुसुमाकर शर्मा गौतम पनि एक चर्चित लेखक हुन् । उनको जन्म रुकुमकोटमा भए पनि उनले क्यानडाको एडमन्टन शहरलाई आफ्नो कर्म क्षेत्र बनाएका छन् । उनी पानी प्रशोधनका विशेषज्ञ पनि हुन् । विज्ञान र प्रविधि क्षेत्रका विशेषज्ञ हुँदाहुँदै पनि नेपाली साहित्य प्रतिको उनको लगनशीलता अनुकरणीय छ । उनको पहिलो लघुकथासङ्ग्रह “ हिउँको राप ” पहिलो कृति हो ।

यस लघुकथासङ्ग्रहमा डा. गौतमले नेपाली समाजमा देखिने विभिन्न प्रकारका घटना र विषयहरूलाई लघुकथामार्फत प्रस्तुत गरेका छन् । यसमा उनले कथालाई वास्तविक जीवनसँग जोडेर प्रस्तुत गरेका छन् । यस लघुकथा सङ्ग्रहले नेपाली समाजमा घट्ने वास्तविक घटनाहरू, मानिसहरूले विभिन्न अवस्थामा भोग्ने अनुभव र सामाजिक यर्थार्थहरूलाई सरल तरिकाले प्रस्तुत गरेका छन् । यस लघुकथाले पाठकलाई मनोरञ्जन दिनुका साथै समाजका वास्तविक पक्षहरू पनि बुझ्न सहयोग गरेको छ । यस लघुकथा सङ्ग्रहअन्तर्गत ६० ओटा लघुकथा रहेका छन्।

विषयवस्तु

कल्पवृक्ष

यस कथाभित्र दुई जना मुख्य पात्र रहेका छन् । एउटा म पात्र र अर्को म पात्रको साथी । यस कथामा म पात्रले अमेरिकास्थित कुनै एउटा पार्कको प्रत्येक रुखमुनि झुत्रो कपडाले बेरेर एउटा पालजस्तो ठड्याइएको देख्छन् । त्यो देखेर उनले आफ्नो साथीलाई ती पालभित्र बस्ने मानिसहरूको बारेमा सोध्छन् । साथीले चाहिँ होमलेस अमेरिकन हुन् भनेर जवाफ दिन्छन् । यो सुनेर चाहिँ अमेरिका छिर्नका लागि मानिस लुकीछिपी काँडेतारको पर्खाल चढेर आएका हुन्छन् भनेर म पात्रले सोच्छन् र फेरि आफ्नो साथीलाई त्यसबारे सोध्छन् । त्यसपछि साथीले चाँहि उदास हुँदै “तँ हामी जस्ता भएको भए त उहिले लखेटिनुपर्थ्यो” भनेर भन्छन् ।

शङ्का

यस कथाका पात्रहरू सुधा, श्याम, डाक्टर र नर्स हुन् । सुधा यस कथाकी प्रमुख महिला पात्र हुन् भने श्याम यस कथाका प्रमुख पुरुष पात्र हुन् । यस कथामा सुधालाई धेरै रगत बग्ने समस्याको कारण सुधा र श्याम दुबै जना अस्पताल आएका थिए । अस्पतालमा स्लाइन दिन तयारी गर्दै गरेकी नर्सलाई “यो किन चाहियो ?” भनेर श्यामले गुनासो गरेका थिए । नर्सले चाँहि सुधालाई थप कमजोरी नहोस् भन्नका यो स्लाइन दिइन्छ भनेर भनेकी थिइन् । सुधाको चाहिँ दोस्रो पटक मुटुको अपरेशन गरेका हुनाले उनले दिनदिनै रगत पातलो बनाउने औषधी खानुपर्थ्यो । त्यसैले स्लाइनको सुइले घोचेर अझै धेरै रगत बग्ने हो कि भनेर उनी स्लाइन लगााउन डराइरहेकी थिइन् ।

डाक्टरले चाहिँ सुधाको केस अलि जटिल भएका कारणले गर्दा सबै टेस्टहरू गर्नुपर्छ भनेर भनेका थिए । सुधालाई टेस्टको लागि भनेर टाउको देखि खुट्टासम्म जाँच्ने मेसिनभित्र राखिन्छ । सबै टेस्ट गरेपछि चाहिँ उनलाई बेडमा लिएर आउँदा डाक्टरले छेवैको बिरामीलाई रगतको कमी भएको भनेर भन्दै थिए र चुकन्दर जस्ता रगत बढाउने तरकारी खानु भनेर सल्लाह दिँदै थिए । त्यसपछि डाक्टर को फोनबाट आवाज आउँछ र त्यहाँ सुधाको बिल र रिपोर्ट देखा पर्छ । सुधाको रिपोर्टमा केही पनि खराबी देखिएको थिएन र डाक्टरले हिजो के खानुभएको थियो भनेर सुधा र श्यामलाई सोधेका थिए । श्यामले हिजो हामीले चुकन्दर खाएका थियौँ भनेर भन्छन् । त्यसपछि कुटिल मुस्कान सहित डाक्टरले सुधा र श्यामलाई आफ्नो फोनमा आएको ८० हजारको बिल देखाउँछन् । सुधाले बिल देखेर “तपाईँको शङ्काले लङ्का पुगिएला भन्ने के थाहा र डाक्टरसाप ?” भनेर सोध्छिन् ।

न्याय

यस कथाका पात्रहरू वकिल, न्यायाधीश र देवकी खनाल हुन् । यस कथामा चाहिँ बलत्कारी घोषणा गर्नका लागि मुद्दा आएको छ भनेर वादीतर्फका वकिलले बहस सुरु गरेका थिए । यो सुनेर न्यायाधीशले मुद्दाको व्यहोरा मागेका थिए । त्यसपछि वकिलले चाहिँ एक सय पचपन्न जना छन् श्रीमान् ! के म सबैको नाम पढौँ भनेर वकिलले न्यायाधीशसँग अनुमति मागेका थिए । त्यसपछि न्यायाधीशले चाहिँ मुद्दाको व्यहोरा बताउनुहोस् भनेर वकिललाई आदेश दिएका थिए । त्यसपछि वकिलले वादीतर्फबाट माग गरिएको कुरा न्यायाधीशलाई बुझाएका थिए ।

वकिलको कुरा सुनेपछि न्यायाधीशले कस्ता कस्ता मुद्दा आउँछन् हो, यो अदालतमा भनेर सोचेका थिए । त्यसपछि न्यायाधीशले वादीलाई इजलासमा उपस्थितिका गराउनका लागि वकिललाई नाम बोलाउन आदेश दिएका थिए । वकिलले चाहिँ ‘देवकी खनाल’ भनेर नाम बोलाएका थिए । वादीको नाम सुनेर र वादीलाई देखेर न्यायाधीश आश्चर्यमा परेका थिए । वादी चाहिँ न्यायाधीश कै पत्नी थिइन् । न्यायाधीशले छक्क पर्दै वादीलाई सोध्छन् “देवकी के गरेकी तिमीले विवाहको २५ वर्ष पुगेपछि ?” त्यसपछि देवकीले न्यायाधीशको आश्चर्य पूर्ण जिज्ञासालाई जवाफ दिँदै भनेको थिइन्, “१६ वर्षकी म विवाहको रात तपाईंबाट बलात्कृत हुँदा धेरै रोएँ । त्यो पीडाको झल्कोले अहिलेसम्म पनि पिरोलिरहेको छ श्रीमान् ! न्याय पाऊँ !”

आलोचनात्मक विश्लेषण

अविश्रान्त’ लघुकथासङ्ग्रहले नेपाली समाजको वास्तविक जीवनलाई सरल र सहज तरिकाले प्रस्तुत गरेको छ । यस लघुकथा सङ्ग्रहका कथाहरूले मानिसको पीडा, समस्या, सम्बन्ध र सामाजिक व्यवहारलाई नजिकबाट उजागर गर्छन् । डा. कुसुमाकर शर्मा गौतमले प्रयोग गरेको भाषा सरल, स्पष्ट र सहज भएकाले सबै पाठकले सजिलै बुझ्न सक्छन्।

कथाहरू छोटा भए पनि अर्थपूर्ण छन् र प्रत्येक कथाले कुनै न कुनै सामाजिक सन्देश दिएको छ । कथामा समावेश भएका पात्रहरूले पाठकलाई आफ्नै समाज र अनुभवसँग जोडिएको अनुभूति दिएको छ । यस लघुकथा सङ्ग्रहले मनोरञ्जन मात्र होइन, सामाजिक चेतना र सोच बढाउने काम पनि गर्दछ ।

निष्कर्ष

निष्कर्षमा म भन्न चाहन्छु कि यो लघुकथा सङ्ग्रहले समाजमा देखिने अनेक प्रकारका घटना र विषयहरूलाई कथामार्फत व्यक्त गरेको छ । कथाहरू छोटा भए पनि अर्थपूर्ण छन् र प्रत्येक कथाले कुनै न कुनै सिकाइ वा सन्देश दिन्छ । यी कथाहरू पढ्न अत्यन्तै सजिला र रोचक छन् ।

यस लघुकथा सङ्ग्रहमा प्रयोग गरिएको भाषा सरल, स्पष्ट र सहज भएकाले सबै पाठकले सजिलै बुझ्न सक्छन् । त्यसैले यो लघुकथा सङ्ग्रह उपयोगी र पठनीय छ । यसले मनोरञ्जनका साथै विभिन्न सामाजिक सन्देश पनि दिएको छ । समग्रमा, ‘अविश्रान्त’ लघुकथा सङ्ग्रह अत्यन्तै पठनीय, उपयोगी र सन्देशपूर्ण छ।

4 reads

Published on 2/27/2026

Image

Sumedha Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sumedha Adhikari

Grade 9

Roll No: 2028040

9

More Articles from

Student

Underline