चाडपर्व
चाडपर्व मलाई धेरै मन पर्छ,
कहिले आउँछ दशैँ, तिहार।
कहिले आउँछ होली, छठ
मनमा धेरै खुसी भई रमाइलो म गर्छु ॥
चाडपर्व आउँदा नाच्ने, गाउने म गर्छु,
राम्रो लुगा लगाएर मामाघर जानेछु ।
साथीसँग मिलेर हात समाई हिँडेर,
आनन्द र मजाले मेला हेर्दै डुल्नेछु ॥
नयाँ वर्ष पनि हाम्रो ठुलो चाड मानिन्छ,
घरमा दियो बालेर ठुलो स्वागत गरिन्छ।
हेर्दाहेर्दै नयाँ वर्ष आँगनीमा आयो रे,
पाखाभरि जताततै हरियाली छायो रे॥
नयाँ वर्ष आयो हेर बजाउँदै बाजा
काफलु र ऐँसेलुले वनभरि “खाजा”।
दशैँ–तिहार आयो साथी,
धेरै खुसी ल्याउँदै ॥
दशैँमा टीका लगाउँदै, पिङ पनि खेल्दै,
तिहारमा बत्ती बाल्दै देउसी–भैलो खेल्दै॥
परिवारसँग रमाउँदै झिलिमिली हेर्दै,
दियोबत्ती बालेर पूजा पनि गर्दै॥
पटाका पड्काउँदै, नाचगान गर्दै,
सबै जना मिलेर देउसीभैलो खेल्दै,
मिठाई खाँदै, घर पनि लिप्दै,
सबै जना मिलेर दशैँ–तिहार मनाउँदै॥
0 reads
Published on 10/9/2025
Sumedha Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Sumedha Adhikari
Grade 9
Roll No: 2028040
7