underline

मेरी आमा

Underline

Share:

मेरी आमा

आफू दुःखी हुँदा पनि मलाई खुसी दिने तिमी

आफ्ना सारा पीडा लुकाई मलाई हँसाउने तिमी

अँध्यारो बाटोमा उज्यालो बनी सहारा बनिदियौ

जीवनका हरेक मोडमा मलाई बाटो देखाइदियौ।

ठुलाठुला अड्चन आउँदा म आत्तिँदा खेरी

आफ्नो काँधमा राखेर हौसला दियौ आमा तिमीले मलाई

लड्खडाउँदा पाइलाहरूलाई समाती अघि बढायौ,

अप्ठ्यारो यो संसारमा बाँच्न सिकाएर बलियो बनायौ।

रातभरि जाग्राम बसी मेरो ख्याल राख्ने तिमी,

मेरो मुहारमा मुस्कान ल्याउन आफू कति थकित बन्याै तिमी

मेरा हरेक सफलतामा आफैँ भित्रैदेखि मुस्कुराउने,

मेरो आँसुमा पनि सारा संसार भुलाउने ।

तिमी छौ र त यो जीवन सुन्दर बनेको छ,

तिमीबिनाको संसार कस्तो होला ? मनमा प्रश्न उठेको छ

तिमीजस्ती ममताकी खानी, ईश्वरको रूप हौ तिमी,

मेरो जीवनको आधार, मेरो मुटुको धड्कन हौ तिमी।

जतिसुकै उमेर बढे पनि म सधैँ तिम्रै काखको नानी भइरहूँ,

जन्म जन्म तिम्रै ममताको छाँयामा म बाँचिरहूँ

तिमीबिनाको यो जीवन कल्पना गर्न सक्दिनँ कहिल्यै,

सधैँभरि तिम्राे आँखामा खुसी देख्न पाऊँ मेराे यही नै छ चाहना।

1 reads

Published on 9/10/2026

Image

Saanvi Luitel is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Saanvi Luitel

Grade 10

Roll No: 29075

6

More Articles from

Student

Underline