मेरो भाइ
मेरो भाइको नाम संयम गिरी हो । मेरो भाइ तीन वर्षको भयो । मेरो भाइको स्कुलको नाम युरो किड्स स्कुल हो । मलाई मेरो भाइको धेरै माया लाग्छ । मेरो भाइले मलाई पनि धेरै माया गर्छ । कहिलेकाहीँ मेरो भाइ चकचक गर्छ । कहिलेकाहीँ ज्ञानी हुन्छ । मेरो भाइले मलाई मात्र माया गर्दैन । मेरा आमाबुबा र मामालाई पनि माया गर्छ । मेरो भाइको मन पर्ने रङ निलो हो। मेरो भाइको मन पर्ने फलफूल केरा, खरबुजा र स्याउ हो । मेरो भाइको मन पर्ने तरकारी पनिर हो ।
0 reads
Published on 1/23/2026
Saanvi Giri is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saanvi Giri
Grade 3
Roll No: 35039
4
More Articles from
Student