underline

सिफल नाइट

Underline

Share:

सिफल नाइट २०८०/०४/१९ गते सम्पन्न भएको थियो । मलाई सिफल नाइटमा धेरै रमाइलो भएको थियो । कार्यक्रममा मेरा बुबा, भाइ र आमा आउनुभएको थियो । मैले कार्यक्रममा गीत गाएँ, नाचेँ र संस्कृत श्लोकहरू पनि वाचन गरेँ । मैले कविता पनि वाचन गरेको थिएँ । त्यहाँ सुरुमा राष्ट्रिय गानाबाट कार्यक्रम सुरुवात भएको थियो । त्यसपछि इधा, म र सरुनसँग कक्षा चारका दाइदिदीहरू मिलेर स्वस्तिवाचन गर्‍याैँ । गीतहरू सबै सकिएपछि कविता वाचन पनि भयो अनि नाच्ने बेला आयो र हामीले रमाइलोसँग नृत्य गर्‍याैँ । नाटक पनि निकै रमाइलो भयो । अन्त्यमा हामीले आफ्नो पोसाक फेरेर घर गयौँ र हाम्रा बाबाममी र हामी त्यस दिन धेरै खुसी भएका थियौँ ।

0 reads

Published on 11/30/2023

Image

Sujeev Sapkota is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Sujeev Sapkota

Grade 3

Roll No: 33056

6

More Articles from

Student

Underline