मेरो देश नेपाल
हिमालको काखमा टल्किन्छ भाल,
सगरमाथाले बढाउँछ देशको शान,
झरना झर्छन् कलकल गर्दै, मेटाउँदै जञ्जाल,
मेरो प्यारो देश हो सुन्दर नेपाल ।
तराईको माटो सुनजस्तै बहुमूल्य,
धानका बाला लहराउँछन् हावासँग तालमा,
हरिया फाँटले सजिएको रमणीय भूगोल,
प्रकृतिको अनुपम उपहार हो - नेपाल ।
पहाडका डाँडाकाँडा हरियालीले विशाल,
फूलका बगैँचामा सुगन्धित बहार,
वनका गीतमा चराहरूको मधुर स्वर,
स्वर्गझैँ सुन्दर लाग्छ मेरो नेपाल ।
जातजाति, भाषाभाषी सबैको एउटै सवाल,
शान्ति र सद्भाव बनिरहोस् सधैँ विशाल।
समानता, प्रेम र विविध संस्कृतिको माला,
गौरवले टल्किरहोस् हाम्रो सुन्दर नेपाल ।
वीर पुर्खाको रगतले लेखिएको इतिहास महान्,
बुद्धको जन्मभूमि, शान्तिको पवित्र धाम।
प्रकृति, संस्कृति र वीरताको अनुपम मिसाल,
गर्वले भन्छु म मेरो देश नेपाल।
हिमालझैँ अटल रहोस् यसको गौरव र शान,
नदीझैँ निरन्तर बगिरहोस् विकासको अभियान ।
विश्वमाझ सधैँ उच्च रहोस् नेपालको नाम,
मेरो देश अमर रहोस् नेपाल, मेरो अभिमान !
4 reads
Published on 9/7/2026
Aarjan Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Aarjan Shrestha
Grade 12
Roll No: 27058
4
More Articles from
Student