underline

भानुलाई सम्झेर

Underline

Share:

भानुलाई सम्झेर

भानु, तिमी हौ देशका गहना,

मेरो पनि छ तिमीझैँ बन्ने चाहना ।

भानु, तिमी थियौ साहित्यका खानी,

पछ्यायौँ तिमीलाई हामीले जानी नजानी।

लेख्यौ रामायण नेपाली भाषालाई एक बनाउन,

अमर भयौ तिमी, परेन कहिल्यै हार्न।

इतिहास हौ तिमी नेपाली वाङ्मयको,

कति गुणगान गाऊँ तिम्रा छन्द र लयको।

नेपाली साहित्यले पायो तिमीजस्तो स्रष्टा,

अवर्णनीय छन् तिम्रा कृति, कस्ताकस्ता ।

घाँसीकै प्रेरणाले रामायण लेख्याै रे

रामलीला बुझ्ने सबैको प्यास मेटिदियौ रे ।

तिम्रा बुबा धनञ्जय, माता धर्मावती,

तनहुँको रम्घामा बित्यो तिम्रो बाल्यावस्था कति ।

वि.सं. १८७१ असार उनन्तीस, तिम्रो जन्मदिन,

सबै साहित्यप्रेमीले नसम्झलान् र किन ?

धन्य छ भानु, तिमीले साहित्यलाई दियौ आकार,

अथाह सम्मान छ तिमीलाई, कोटीकोटी नमस्कार !

5 reads

Published on 8/6/2026

Image

Aarjan Shrestha is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Aarjan Shrestha

Grade 12

Roll No: 27058

3

More Articles from

Student

Underline