underline

अनाथ बालक

Underline

Share:

न पायो आमाको, न बुबाको प्रेम,

काेरिएन कहिल्यै परिवारसँगको चित्रको फ्रेम ।

न त थियो आफ्नै घर, न अँगाल्ने आफ्नै मान्छे,

सही गलत केही थाहा थिएन, थिएन काेही मान्छे ।

मातापितासँग हुर्किएकाको बालकलाई हेर्दा लाग्छ रहर,

तर आफ्नै एक्लोपनको हालत देख्दा मनमा आउँछ कहर ।

एउटा अनाथको जीवन सधैँ अन्धकारमै रहन्छ,

जीवनका हरेक मोडका दुःख, पीडा सहन्छ ।

तातो खाना नपाई भोकै सुत्नु पर्छ रातभरि,

छाना बिना भिजेर सुत्नुपर्छ जब पर्छ झरी ।

आफ्नो जन्मदिन बिर्सिन्छ मनाउने कोही छैन,

भोलि के होला खाने निद्रा पनि छैन।

भोलिको चिन्ताले मार्छ उसलाई बाँच्नु कसरी ?

बेलुकाको खाना ल्याउनु, साच्नु कसरी ?

दुःखका बिच बस्छ ऊ, खान्छ के भात,

एक्लै बसेर एकान्तमा बिताउँछ आफ्नो रात ।

जेसुकै भए पनि, त्यो अनाथ बालकको

कहिल्यै नटुटोस् हिम्मत र विश्वासको डोरी ।

जीवनको अन्धकारबाट उज्यालोमा ल्याउन

भगवान् सुन उसकाे पुकारा जीवनमा खुसी छाउन ।

0 reads

Published on 10/30/2025

Image

Divyesh Bajracharya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.

Divyesh Bajracharya

Grade 12

Roll No: 26006

4

More Articles from

Student

Underline