अनाथ बालक
न पायो आमाको, न बुबाको प्रेम,
काेरिएन कहिल्यै परिवारसँगको चित्रको फ्रेम ।
न त थियो आफ्नै घर, न अँगाल्ने आफ्नै मान्छे,
सही गलत केही थाहा थिएन, थिएन काेही मान्छे ।
मातापितासँग हुर्किएकाको बालकलाई हेर्दा लाग्छ रहर,
तर आफ्नै एक्लोपनको हालत देख्दा मनमा आउँछ कहर ।
एउटा अनाथको जीवन सधैँ अन्धकारमै रहन्छ,
जीवनका हरेक मोडका दुःख, पीडा सहन्छ ।
तातो खाना नपाई भोकै सुत्नु पर्छ रातभरि,
छाना बिना भिजेर सुत्नुपर्छ जब पर्छ झरी ।
आफ्नो जन्मदिन बिर्सिन्छ मनाउने कोही छैन,
भोलि के होला खाने निद्रा पनि छैन।
भोलिको चिन्ताले मार्छ उसलाई बाँच्नु कसरी ?
बेलुकाको खाना ल्याउनु, साच्नु कसरी ?
दुःखका बिच बस्छ ऊ, खान्छ के भात,
एक्लै बसेर एकान्तमा बिताउँछ आफ्नो रात ।
जेसुकै भए पनि, त्यो अनाथ बालकको
कहिल्यै नटुटोस् हिम्मत र विश्वासको डोरी ।
जीवनको अन्धकारबाट उज्यालोमा ल्याउन
भगवान् सुन उसकाे पुकारा जीवनमा खुसी छाउन ।
0 reads
Published on 10/30/2025
Divyesh Bajracharya is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Divyesh Bajracharya
Grade 12
Roll No: 26006
4
More Articles from
Student