underline

टाउको दुखाइ

Underline

Share:

निधारको भित्री आकाशमा

आज फेरि बादल जमेको छ ।

वर्षा हुँदैन

तर

चट्याङहरू निरन्तर भित्रै परिरहन्छन्।

प्रत्येक चमकसँगै

तलछटमा थन्किएका

केही सम्झनाहरू,

एकछिन पानीमाथि तैरिन्छन

अनि फेरि गहिराइमै हराउँछन्।

सायद बादलहरू

आकाशबाट होइन,

बोल्न नपाएका

शब्दहरूको स्वासबाट बन्छन्।

त्यसैले जति म

मौन हुँदै जान्छु,

उति नै यो आकाश

गाढा हुँदै जान्छ।

सायद,

हरेक मानिसले

आफ्नो निधारभित्र

यस्तै एउटा आकाश बोकेको हुन्छ l

जहाँ चट्याङहरू

सधैँ भित्रै पर्छन्,

तर वर्षा कहिल्यै पुग्दैन।

2 reads

Published on 10/2/2026

Image

Ariana Dahal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ariana Dahal

Grade 11

Roll No: 28045

5

More Articles from

Student

Underline