underline

गणतन्त्र दिवस

Underline

Share:

गणतन्त्र दिवस

गणतन्त्र दिवस नेपालको इतिहासको एक महत्त्वपूर्ण दिन हो । गणतन्त्र भनेको यस्तो राजनीतिक अवस्था हो, जहाँ जनताद्वारा छानिएका जनप्रतिनिधिले जनताकै हितअनुसार शासन गर्छन् । यस व्यवस्थामा कुनै पनि मुलुकका जनतालाई स्वतन्त्रता र समान रूपमा न्याय दिइन्छ । नेपालमा पहिले राजतन्त्र थियो । सन् २००६ मे २८ मा करिब २४० वर्षसम्म शाह वंशद्वारा शासन गरिएको राजतन्त्रको अन्त्य भएपछि नेपालमा गणतन्त्रको स्थापना भएको मानिन्छ । नेपालमा शाह वंशले शासन गर्नुपूर्व करिब १०४ वर्ष राणा शासन पनि थियो । यससँगै अरू थुप्रै वंशका राजाहरूले पनि नेपाली भूमिमा शासन गरे । यी सबै शासनहरूमध्ये जनताले सबैभन्दा बढी दुःख पाएको शासन भने राणा शासन मात्र थियो ।

नेपालमा गणतन्त्रको सुरुवातको लामो इतिहास छ । नेपालमा दरबार हत्याकाण्डपछि श्री ५ ज्ञानेन्द्र राजा भए । धेरै मानिसहरू उनलाई मन पराउँदैनथे । कतिपय मानिस त उहाँलाई दरबार हत्याकाण्डको दोषीसमेत मान्ने गर्दथे । उनी शासनमा आएपछि नेपालमा दोस्रो जनआन्दोलन चर्किएको थियो । यो समयमा देशका विभिन्न ठाउँमा धेरै मानिसले आफ्नो ज्यान गुमाउनु परेको थियो । नेपालमा गणतन्त्र दिवस प्रत्येक वर्ष ज्येष्ठ १५ गते मनाउने गरिन्छ । यस दिन टुँडिखेलमा नेपाली सेनाले विशेष परेड प्रदर्शन गर्छन् । यस दिन सरकारी बिदा पनि हुने गर्छ । यस दिन अधिकांश सङ्गठनहरू बन्द रहन्छन् । नेपालमा यस दिनको धेरै महत्त्व छ । यस दिन मानिसहरू विभिन्न कार्यक्रममा सहभागी हुँदै त्यस विशेष दिनमा आफ्नो राष्ट्रप्रेम झल्काउँछन् । नेपाली जनता यस दिनलाई धुमधामका साथ मनाउँछन् । यस दिन नेपाली जनता आफ्नो स्वतन्त्रताको समर्थन गर्छन् । यस दिन काठमाडौँ लगायत धेरै ठाउँमा नेपाली जनतामा राष्ट्रप्रेमकाे झल्काे देखिन्छ । यस दिन मानिसहरू उत्साहित र प्रफुल्लित हुन्छन् । यस दिन विभिन्न स्तरका कलाकारहरूले आफ्नो कला प्रदर्शन गर्छन् । यस दिन हाम्रो देशले एउटा नयाँ पहिचान पाएको थियो । हामीले यसको सम्मान गर्नुपर्छ । हामीले आफ्नो राष्ट्र र यसको प्रणालीको सम्मान गर्नुपर्छ ।

गणतन्त्र दिवस जुनसुकै देशको इतिहासमा पनि एउटा अत्यन्तै महत्त्वपूर्ण दिन हो । त्यसैले हामीले आफ्नो देश र शासन प्रणालीको सदैव सम्मान गर्नुपर्छ। शासनको बागडोर जसले सम्हाले पनि अन्तिम लक्ष्य जनताको आवश्यकता पूरा गर्नु नै हुनुपर्छ भन्ने मेरो धारणा छ । जुन न त विगतको राजतन्त्रमा पूर्ण रूपमा हुन सक्यो, न त वर्तमानको गणतन्त्रमा नै सार्थक भएको देखिन्छ। यद्यपि, मेरो विचारमा राजतन्त्रको तुलनामा गणतन्त्रमा जनताबीच बढी एकता र सामीप्यता पाइन्छ। यस विशेष दिनमा नेपाली जनता एकअर्कालाई भेटेर खुसी साटासाट गर्छन् भने सार्वजनिक बिदा हुने भएकाले धेरैका लागि यो आफ्ना साथीभाइ र परिवारसँग गुणस्तरीय समय बिताउने एउटा सुन्दर अवसर पनि बनेको छ। यो दिन नेपाली नागरिकका लागि यसकारण पनि विशिष्ट छ, जसले उनीहरूलाई आफ्ना हक,अधिकार र कर्तव्यको बोध गराउँदै देश विकासमा आफ्नो जिम्मेवारी देख्ने र बुझ्ने अवसर पाएका थिए । समग्रमा, यस दिवसले नेपाली जनतालाई राष्ट्रिय एकता, स्वतन्त्रता र लोकतान्त्रिक मूल्य-मान्यताको गहिरो आभास दिलाउने भएकाले हामीले यस ऐतिहासिक दिनको मर्मलाई आत्मसात् गर्दै हर्षोल्लास र धुमधामका साथ मनाउनुपर्छ।

2 reads

Published on 7/22/2026

Image

Ariana Dahal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Ariana Dahal

Grade 11

Roll No: 28045

4

More Articles from

Student

Underline