दसैँ तिहारमा बिताएका मेरा दिन
दसैँ बिदामा म बिरामी थिएँ। मेरो घाँटी र नाकको अप्रेसन भयो। म असोज ५, २०८२ मा अस्पतालमा भर्ना भएकी थिएँ। महानवमीको दिन घर फर्किएँ । मलाई अझै दुखाई थियो त्यसैले मैले घरमै आराम गरेँ । टीकाको दिन हजुरबुबा सहित सबै परिवारले मलाई टीका लगाई आशीर्वाद दिनुभयो। हामी कोही आफन्तको घरमा पनि गयौँ तर मामाघरमा गएनौँ किनभने मेरो स्वास्थ्य ठिक थिएन । डाक्टरको सल्लाह अनुसार म दसैँ र तिहारको बीचमा पनि आरामै गरेर बसेँ । तिहार सुरु हुँदा मैले उज्यालो र सुन्दर सहर हेरेँ। हामीले लक्ष्मी पूजाको बेलुकी पूजा गर्याैँ। भाइटीकाको दिन मैले दाजुलाई टीका लगाएर उपहार दिएँ र दाजुले मलाई पैसा दिनुभयो । म बिरामी भएपनि परिवारसँग बसेर खुसी भएँ।
प्रिन्सा कट्टेल
0 reads
Published on 12/29/2025
Prinsha Kattel is a student at Deerwalk Sifal School. She loves exlploring new ideas and visiting new places.
Prinsha Kattel
Grade 1
Roll No: 37028
4
More Articles from
Student