underline

हाम्रा चाडपर्व

Underline

Share:

हाम्रा चाडपर्व

हाम्राे देशमा धेरै चाडपर्व छन् । यहाँ विभिन्न जातजतिकाे बसाेबास रहेकाे छ र ती विभिन्न जाजातिले मनाउने चाडपर्व पनि फरक फरक छन् । यहाँ विभिन्न जातजातिकाे संस्कृति र परम्परा पनि फरक फरक छन् ।

हामीले आ आफ्नाे धर्मअनुसारका चाडपर्व मनाउछाैँ । चाडपर्व मनाउनाले हाम्राे संस्कार र रीतिरिवाजकाे संरक्षण हुन्छ । कुनै चाडपर्व धेरै दिनसम्म मनाइन्छ भने कुनै चाडपर्व एक दिन मात्र मनाइन्छ । चाडपर्व मनाेरञ्जन र भेटघाटकाे लागि मनाइन्छ । दसैँमा हामी एकअर्कासँग भेटघाट गर्छाैँ र मनाेरञ्जन आदानप्रदान गर्छाैँ । दसैँमा हामी आफूभन्दा ठूलाकाे हातबाट टीका र आशीर्वाद ग्रहण गर्छाैँ । चाडपर्वबाट हामीले कुनै न कुनै संस्कार आदानप्रदान गरिरहेका हुन्छाेँ । चाडपर्व मनाउनाले हामीले संस्कृतिकाे संरक्षण गर्न सक्छाैँ । हामीले आफ्नाे संस्कार र संस्कृतिकाे संरक्षण गर्नका लागि प्रेम र सद्भावका साथ चाडपर्व मनाउनुपर्छ ।

2 reads

Published on 7/20/2026

Image

Kavya Sedhain is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Sedhain

Grade 7

Roll No: 32055

8

More Articles from

Student

Underline