underline

मेरो परिवार

Underline

Share:

मेराे नाम काव्या सेढाई हो । म  एघार वर्षकी भएँ । मेरो घर नेपालटार, तारकेश्वरमा छ । म डियरवाक सिफल स्कुलकाे कक्षा ५ मा पढ्छु । मलाई पढ्न र चित्र बनाउन मन पर्छ । मेरो परिवार एउटा संयुक्त परिवार हो । हामी ६ जना सदस्यहरू छाैँ ।  म, मेरा बुबाआमा,  मेरो भाइ, मेरो काका र मेरी हजुरआमा । मेरो बुवा एउटा दन्तचिकित्सक हुनुहुन्छ । मेरो बुवाको नाम विश्व प्रचण्ड सेढाई हो । उहाँको आफ्नै क्लिनिक छ, बाइसधारा डेन्टल क्लिनिक । मेरी आमाको नाम मुना कँडेल हो । उहाँ एउटा चिकित्सक हुनुहुन्छ । उहाँले आर्मीको कलेजमा पढाउनुहुन्छ । मेरो भाइको नाम कबिश सेढाई हो । ऊ नर्सरीमा पढ्छ । मेरो काकाको नाम जाजल्य सेढाई हो । उहाँ इन्जिनियर हुनुहुन्छ ।

मेरो परिवार एउटा सानो परिवार भए पनि हाम्रो मन ठुलो छ । मेरा आमाबुबाले भन्नुहुन्छ - "असल मन भएको मानिसलाई जसले पनि माया गर्छ भने घमण्डी मानिसलाई कसैले मन पराउँदैन । त्यसैले तिमी असल बन्नुपर्छ र कहिले पनि घमण्डी हुनुहुन्न ।"  मैले मेरा आमाबुबाले भनेको सधैँ मान्छु । मैले सानालाई माया र ठुलालाई आदर र सम्मान गर्छु । मेरो विचारमा मेरो परिवार मेरो सबै थोक हो । मेरो परिवार एउटा असल र राम्रो परिवार हो । म धेरै भाग्यमानी छु किनभने एउटा संस्कार भएको परिवारमा जन्मिन र हुर्किन पाएकोमा । आजसम्मको मेरो प्रगति मेरो परिवारको कारणले भएको हो । मलाई मेरो परिवार धेरै मनपर्छ र उहाँहरूले पनि मलाई उत्तिकै माया गर्नुहुन्छ ।

1 reads

Published on 11/13/2024

Image

Kavya Sedhain is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.

Kavya Sedhain

Grade 5

Roll No: 32055

6

More Articles from

Student

Underline