चलाख दाजुभाइ र मूर्ख पण्डित
एकादेशमा दुई दाजुभाइ सँगै बस्थे । एउटाको नाम राम थियो र अर्कोको नाम हरि थियाे । उनीहरुका बुबाआमा विदेश गएका थिए त्यसैले उनीहरु दुईजना मात्र घरमा बस्थे । तर उनीहरु धेरै चलाख थिए। उनीहरुले हरेक अवस्थामा दिमाग लागाउँथे । एक दिन , दुबै दाजुभाइले बसेर सल्लाह गरे "ल दाजु , दसैँ त नजिकै आउँदै छ, दशैं मनाउनको लागि त खसी नै छैन , अब हामी के गरौँ ?" हरिले चिन्तित आवाजमा भन्याे "ए भाइ , चिन्ता नमान न ! मसँग एउटा उपाय छ । हामी त यो दसैँ जसरी भए पनि खसीको मासु खाने नै हौँ ! " रामले मस्केर भन्यो। "अनि कसरी त्यो होला दाइ ? " हरिले अचम्म परेर भन्यो। रामले एकछिन सोच्यो अनि भन्यो "भोलि देख न "।
भोलि बिहान दुई दाजुभाइले एउटा बुढाे पण्डितलाई देख्यो , ऊ मन्दिरमा चढाउनको लागि आफ्नो काँधमा खसी उल्टो झुन्डाइ रहेको थियो। त्यो देखेर रामले सोचेर भन्यो "ए पण्डित बा , हजुरले त खसी होइन कुकुर पो झुन्डाइरहनु भएको छ ।" त्यो सुनेर पण्डित बा छक्क परेर भन्यो "हो र ? मैले त खसी बोकेको जस्तै लाग्छ , तिमीले त कसरी कुकुर पो देख्यौ होइन पण्डित बा , उसले मात्र होइन मैले पनि कुकुर देखेको छ। " हरिले थप्यो। पण्डितले देख्यो अनि उल्टो खसी त कुकुर जस्तै देखे । ओ हो , यो त पाप पो हो। मन्दिरमा मैले कहाँ बाट यो कुकुरलाई चढाउने , बरू भन्दा तिमीहरुले यो कुकुरलाई जे मन लागे त्यही गर।" पण्डितले भन्यो।
त्यो सुनेर दुबै दाजुभा खुसी भए अनि त्यस रात मज्जाले मासु भात खाए , अनि बल्ल बल्ल अर्को रात पण्डितले त्यो त कुकुर होइन खसी रहेछ भन्ने थाहा भयाे ।
1 reads
Published on 2/3/2026
Kavya Sedhain is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Kavya Sedhain
Grade 6
Roll No: 32055
6