आमा र आमाकाे ममता
मेरी आमाकाे नाम सिर्जना सुवेदी हाे । उहाँ ३४ वर्ष पुग्नुभयाे । सानैदेखि उहाँकाे पढाइ राम्राे थियाे । उहँले सानैदेखि शिक्षिका बन्न चाहानुहुन्थ्याे । ठुलाे भएपछि उहाँकाे सपना पनि पूरा भयाे । म जन्मिएपछि उहाँले दश वर्षसम्म शिक्षण पेसालाई छाेड्नुभयाे । उहाँ अहिले बैङ्कमा काम गर्नुहुन्छ । म दश वर्षसम्म पुगुन्जेलसम्म आमा घरमै बस्नुभयाे र मेराे हेरचाह गर्नुभयाे । अहिले पनि मलाई स्कुलमा केही भएमा लिन काम छाेडेर स्कुलमा लिन आउनुहुन्छ । मलाई उहाँकाे साथ चाहिएकाे समयमा उहाँ मसँगै बस्नुहुन्छ । म बिरामी भएकाे बेला मेरी आमा सधैँ मेरै साथमा बस्नुहुन्छ । उहाँले मलाई पढ्दा नबुझेका नजानेका कुराहरू सिकाउनुहुन्छ । याे सरंसारमा आमा र आमाकाे ममताभन्दा ठुलाे केही हुँदैन त्यसैले आमाकाे ममतासँग हामीले कहिले पनि खेल्नु हुँदैन ।
0 reads
Published on 10/5/2024
Saanvie Nepal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saanvie Nepal
Grade 6
Roll No: 31044
8