हाम्रो आकाश
निलो निलो कोसेढुङ्गा जस्तो
हाम्रो आकाश हो
माथि माथि फिँजिएको
घाम, जून, ताराहरूको घर हो
कहिले सेतो मेघको डुबुल्की
कहिले बादलको राेदन
कहिले इन्द्रेनीको रङ्गिलो मुस्कान
हरेक दिन नयाँ सन्देश ल्याउँछ
आकाश भन्दैछ हामीलाई
धेरै ठाउँ छ उड्न
सपनाहरू छन् पूरा गर्न
हामी पनि त्यस्तै निला र विशाल बन्न ।
0 reads
Published on 11/20/2025
Saanvie Nepal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saanvie Nepal
Grade 7
Roll No: 31044
8