सामूहिक काम र सहभागिता
एउटा खास भौगोलिक क्षेत्रमा बस्ने मानिसको समूहलाई समुदाय भनिन्छ। सबैजना मिलेर समुदायमा गरिने कामलाई सामूहिक काम भनिन्छ। समुदायमा बस्ने मानिसहरूले समुदायका काममा भागलिने कार्यलाइ नै सहभागिता भनिन्छ । जस्तै : गाउँघरमा सरसफाइ कार्यक्रम आयोजना गर्दा, बाटोघाटो बनाउँदा, धारा, पँधेरो, कुवा र कुलो बनाउँदा, वृक्षराेपण गर्ने जस्ता कार्यक्रम आयाेजना गर्दा समुदायले धेरै मदत गर्छन्। समुदायमा स्कुल ,विद्यालय ,धाराे बनाउने जस्ता सामाजिक कार्य गर्दा समुदायले आर्थिक रूपमा पनि सहयोग गरी आफ्नो सहभागिता जनाएका हुन्छन् । सामुहिक कार्यमा सहभागिता जनाउँदा समुदायको कार्य पनि चाँडो हुन्छ । एक जनालाई मात्र आर्थिक भार पर्दैन । समुदाय पनि राम्रो हुन्छ। त्यसैले समुदायमा बसाेबास गर्ने सम्पूर्ण मानिसहरू एकआपसमा मिलेर काम गर्नुपर्छ । यसाे गर्दा समुदायकाे विकास हुन्छ ।
0 reads
Published on 6/8/2023
Saanvie Nepal is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Saanvie Nepal
Grade 5
Roll No: 31044
8