मेरो दैनिकी
मेरो दैनिकी
शनिबार बिहान म उठेर नुहाएँ। त्यसपछि बिहानको खाजा खाएँ। बहिनीसँग खेल खेलेँ र मिठो माछा खाएँ। माछा साह्रै मिठो थियो। त्यसपछि मैले छिट्टै खाना खाएर बुबासँग चित्रकला कक्षामा गएँ। त्यहाँ मैले सुन्तलाको चित्र बनाएँ र शेडिङ गरेँ। कक्षा सकिएपछि आमा हामीलाई लिन आउनुभयो। त्यसपछि हामी सबै मिलेर सुपरमार्केट गयौँ। आमाले मलाई नयाँ टिसर्ट र जुत्ता किनिदिनुभयो। त्यसपछि आइसक्रिम किनेर दिदीको घर गयौँ। दिदीको घरमा खेल्ने क्रममा म लडेँ। त्यसपछि हामी सबै घर फर्कियौँ। घर आएर हातमुख धोयौँ र खाना खान बस्यौँ। बेलुका हामीले एउटा चलचित्र पनि हेर्याैँ । त्यसपछि हामी सुत्न गयौँ।
2 reads
Published on 7/27/2026
Prayag Koirala is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics and engaging in creative discussions.
Prayag Koirala
Grade 2
Roll No: 37016
9
More Articles from
Student