म र मेरो परिवार
सबैलाई नमस्कार, आज म आफ्नो र मेरो परिवारको बारेमा बताउन गइरहेको छु । मेरो नाम उपासन पाण्डे हो । म ९ वर्षको भएँ । म अक्टोबर ५, २०१४ मा जन्मेको हुँ । म पुरानो बानेश्वरमा बस्छु । म सिफल स्कुलकाे कक्षा ५ मा पढ्छु । मेरो रुचि फुटबल खेल्नु, टेबल टेनिस खेल्नु र भिडियो गेम खेल्नु हो । मेरो बुबाको नाम सञ्जीव प्रसाद पाण्डे हो । उहाँ ४७ वर्षको हुनुहुन्छ । उहाँको जन्म ४ जुन १९७६ मा भएको थियो । उहाँ पुल्चोक क्याम्पसमा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत हुनुहुन्छ । मेरी आमाको नाम उपमा ओझा हो । उहाँ ३८ वर्षकी हुनुभयाे । उहाँको जन्म ७ अक्टोबर १९८५ मा भएको थियो। उहाँले अमेरिकन रेडक्रस कम्पनीमा काम गर्नुहुन्छ । मेरी एक कान्छी बहिनी पनि छन् । उनको नाम उपान्सा पाण्डे हो । उनी ३ वर्षकी भइन् । उनको जन्म १५ डिसेम्बर २०२० मा भएको थियो । उनी किड्जी स्कुलमा नर्सरीमा पढ्छिन् । मेरो हजुरबुवाको नाम दुर्गाप्रसाद पाण्डे र हजुरआमाको नाम सुनिता पाण्डे हो । हामी स्कुलबाट फर्किएपछि आमाबुवा नआउञ्जेल हजुरबुबा र हजुरआमाले मेरो र मेरी बहिनीको हेरचाह गर्नुहुन्छ ।
अन्त्यमा, म मेरो परिवारका सबै सदस्यहरूलाई माया गर्छु र कृतज्ञ छु कि उहाँहरूले मेरो लागि मेरो टाउकोमा छत र मेरो प्लेटमा खाना, साथै मेरा सबै आवश्यकताहरू र मैले चाहेका चीजहरू पूरा गर्न कडा मेहनत गर्नुहुन्छ । मेरो परिवार पनि साँच्चिकै सहयोगी छ । मलाई हरेक कुरामा मद्दत गर्दछ । म पनि सकेसम्म उहाँहरूलाई मद्दत गर्ने प्रयास गर्छु । म मेरो परिवारका आफूभन्दा ठुला व्यक्तिहरूलाई आदर गर्छु र मेरी बहिनीलाई माया गर्छु ।
0 reads
Published on 8/1/2024
Upasan Panday is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Upasan Panday
Grade 5
Roll No: 32059
5