मेरो जाडो बिदा
मेरो जाडो बिदा धेरै रमाइलो भयो। जाडो बिदामा मैले धेरै ठाउँहरू घुमेँ। मेरो दाइको जन्मदिन पनि यही समयमा परेको थियो। त्यसैले हामी भ्यु टावर हेर्न गयौँ। त्यहाँबाट वरिपरिको सुन्दर दृश्य देखेर मलाई धेरै रमाइलो लाग्यो। आमाले मलाई र दाइलाई फनपार्क पनि लिएर जानुभयो। त्यहाँ हामीले धेरै खेल खेल्यौँ र धेरै रमाइलो गर्यौँ। विभिन्न खेल खेल्दा म धेरै खुसी भएँ। जाडो बिदाको समयमा माघे सङ्क्रान्ति पनि परेको थियो। त्यस दिन हामीले घिउ, चाकु र तरुल खायौँ। साथै आफन्तहरूलाई भेटेर रमाइलो गर्यौँ। यसरी मेरो जाडो बिदा धेरै खुसी र रमाइलोसँग बित्यो ।
1 reads
Published on 5/22/2026
Avisha Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avisha Adhikari
Grade 3
Roll No: 36043
2
More Articles from
Student