मेरो बारेमा
मेरो बारेमा
मेरो नाम अभिसा अधिकारी हो। म कक्षा ३ मा पढ्छु। म नौ वर्षकी भएँ। मेरो विद्यालयको नाम डियरवाक सिफल स्कुल हो । म कौशलटारमा बस्छु। मेरो परिवारमा चार जना सदस्यहरू छौँ। मेरो परिवारमा बुबा, आमा, दाइ र म छौँ। हाम्रो परिवार एकल परिवार हो। मेरो मन पर्ने रङ गुलाबी हो। मेरो मन पर्ने खाना मःम हो। मेरो विद्यालयमा धेरै मिल्ने साथीहरू छन्। मलाई विद्यालय जान, पढ्न र घरमा आएर गृहकार्य गर्न असाध्यै मन पर्छ। आफ्नो काम सकेपछि म आमा र बुबासँग कुराकानी गर्छु। मलाई नृत्य गर्न र विभिन्न ठाउँहरू घुम्न पनि धेरै मन पर्छ।
3 reads
Published on 10/1/2026
Avisha Adhikari is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Avisha Adhikari
Grade 3
Roll No: 36043
3
More Articles from
Student