प्रकृति
बिहानीको पहिलो किरण, सुनौलो उज्यालो छर्छ
हरियो वनको प्रत्येक पात हाँस्दै जीवन भर्छ
चरीको मीठो गुञ्जनले नयाँ दिनको गीत गाउँछ
शीतल हावाको कोमल स्पर्शले थाकेको मन बहलाउँछ।
हिमालको शिर सधैँ उँचो, गर्वले आकाश छुन्छ
नदीको निर्मल बहावले जीवनलाई अघि डोर्याउँछ
फूलहरू हाँस्छन् रङ छरेर, सुगन्ध चारैतिर फैलाउँछन् ।
मौरी र भमराले रमाउँदै प्रकृतिको गुण गाउँछन्
रुखले दिन्छ फल र छायाँ, केही पनि खोज्दैन,
निःस्वार्थ प्रेम कस्तो हुन्छ, प्रकृतिभन्दा को जान्दैन ?
तर आज मानव आफ्नै स्वार्थमा डुब्दै गइरहेको छ ।
वन फँडानी गर्दै भविष्यलाई बिस्तारै भुलिरहेको छ
हरियाली मासिए पृथ्वी कसरी मुस्कुराउला ?
नदीहरू सुक्दै गए जीवन कहाँबाट पलाउला ?
आऊ सबै हातेमालो गरौँ, नयाँ बिरुवा रोपौँ
हरियो नेपाल, सुन्दर भविष्य मिलेर आजै कोरौँ
प्रकृति हाम्रो जीवन हो, यसलाई सधैँ बचाऔँ
माया, सम्मान र संरक्षणले संसार उज्यालो बनाऔँ।
1 reads
Published on 9/11/2026
Priyasha Pant is a student at Deerwalk Sifal School who loves writing articles, exploring diverse topics, and engaging in creative discussions.
Priyasha Pant
Grade 9
Roll No: 30067
5